• होमपेज
  • राजनीति
  • काँग्रेस बाजुरा निर्वाचन प्रक्रियामा अघि बढ्यो, मनोनयन दर्ता शुरु

काँग्रेस बाजुरा निर्वाचन प्रक्रियामा अघि बढ्यो, मनोनयन दर्ता शुरु

  • सोमवार, अशोज १८, २०७८
काँग्रेस बाजुरा निर्वाचन प्रक्रियामा अघि बढ्यो, मनोनयन दर्ता शुरु

बाजुरा–नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशनको निर्वाचन प्रक्रियामा अघि बढेको छ । निर्वाचन समिति बाजुराले सोमबार बिहान ८ बजे बाट मनोनयन दर्ता प्रक्रिया शुरु गरेको छ । निर्वाचन कार्यलय तालिका सार्वजनिक गर्दै मनोनयन दर्ता प्रक्रिया अघि बढेको हो ।
मतदान प्रक्रिया भने १९ गते बिहान ८ बजे बाट शुरु हुने निर्वाचन समिति बाजुराले जनाएको छ । सभापति १ जना, उपसभापति २ जना, सचिब २ जना, सहसचिब २ जना र ३८ जना जिल्ला कमिटि सदस्यका लागि प्रतिश्पर्धा हुने भएको छ ।
त्यस्तै २५ जना महाधिबेन प्रतिनिधिका लागि प्रतिश्पर्धा हुने भएको छ । सहमति हुन नसकेपछि निर्वाचन समिति बाजुराले निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । जिल्ला सभापतिमा कबिराज पण्डित, रामसिं रावल र चक्र शाह उम्मेद्धवारी दिने भएका छन् । बाजुरामा एउटा वडा, एउटा पालिका र प्रदेश ख मा चुनाव भएको छ ।

चर्चामा

सम्बन्धित समाचार