• होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेस बाजुरा पार्टी सभापतीमा रामसिहं रावलकाे उम्मेद्धवारी सहित प्यानल घोषणा

काँग्रेस बाजुरा पार्टी सभापतीमा रामसिहं रावलकाे उम्मेद्धवारी सहित प्यानल घोषणा

  • सोमवार, अशोज १८, २०७८
काँग्रेस बाजुरा पार्टी सभापतीमा रामसिहं रावलकाे उम्मेद्धवारी सहित प्यानल घोषणा

बाजुरा — नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिबेशनमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामसिह रावलकाे नेतृत्वमा उम्मेद्धारी घाेषणा गरेका छन । छैटाै अधिबशेनबाट पराजित भएका रावलले पाटीकाे बिधी बिधान र ससक्त पाटी निर्माणका लागि सभापतीमा उम्मेद्धारी दिने बताएका छन ।  रावलले सभापति सहित आफ्नो सयुक्त  प्यानल समेतको घोषणा गरेका छन् ।
नेता रावलले पार्टीकाे केन्द्रिय रामचन्द्र पाैडेलकाे प्यानलबाट नेपालि काँग्रेस बाजुराको सभापतीकाे उम्मेद्धवार रहेको वताएका छन् । आफु जिल्लामा सबैलाइ मिलाएर पाटीलाइ चलायमान बनाउन सबै संग एउटै ढिक्का बनाएर जाने बताएका छन । याे पक्ष वा त्याे पक्षको नभइ काँग्रेस बाजुरालाइ सुदृढ र चलायमान बनाउन सभापतीकाे उम्मेद्धवारी रहेको रावलले वताएका छन् ।

जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरि सभापतीका उम्मेद्धार रावलले  घोषणा गरे संगै सभापति  रामसिंह रावल, उप सभापति नारायण पाध्याय र उप  पदम बडुवाल,  सचिबमा  तिलक पुरी र भरत राेकाया रहेका छन भने सहसचिबमा  कृष्णराज पाध्याय र   मीन बहादुर भण्डारी सहितकाे प्यानल घाेषणा गरेका छन । अन्य जिल्ला कार्यसमिति सदस्य तथा महाधिबेन प्रतिनिधिमा समेत उनको प्यानल बाट टुङ्यार उम्मेद्धवार घोषणा गर्ने रावलले बताएका  छन ।

नेपाली काँग्रेसको १४औँ महाधिवेसन तथा साताैँ जिल्ला अधिबेशनकाे सघांरमा पुगेर नेपाली कांग्रेस बाजुराको जिल्ला सभापतिको पदका आकांक्षी बढ्न थाले संगै नेता रावलले पनी एक पटक  सभापतीको उम्मेद्धवारी दिने बताएका छन । आफुले जिल्लाको बिकास संगै पार्टि संगठनहरु बलियो बनाउन गरेको प्रयासका आधारमा आफुलाइ सभापति बन्न जिल्लाका सबै नेताहरुको साथ सहयाेग र अपेक्षा रहेकाे रावलले बताएका छन ।

नेपाली काँग्रेस बाजुरा जिल्लाकाे साताैँ जिल्ला अधिबेशनमा केन्द्रीय सदस्य बद्री पाण्डे, महासमिति सदस्य जनक राज गिरि , उप सभापति गाेबिन्द्र बहादुर मल्ल, काेषाअध्यक्ष नारायण पाध्याय , महासमिति सदस्य जुना दानी , सह सचिब नरेन्द्र कुमार राेकायाकाे संयुक्त समुह रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार