आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • प्रदेश (क) मा बलियो पक्कड भएका नेता गिरी कबिराज पण्डितको टिमलाइ सघाउदै

प्रदेश (क) मा बलियो पक्कड भएका नेता गिरी कबिराज पण्डितको टिमलाइ सघाउदै

  • आइतवार, अशोज १७, २०७८
प्रदेश (क) मा बलियो पक्कड भएका नेता गिरी कबिराज पण्डितको टिमलाइ सघाउदै

बाजुरा–नेपाली काँग्रेसका नेता तथा बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम कुमार गिरीले नेपालि काँग्रेस बाजुराको सातौ अधिबेशनमा कबिराज पण्डितको टिमलाई सघाउने भएका छन् ।
प्रदेश क मा राम्रो प्रभाब राख्दै आएका गिरीले यो अधिबेशनमा देउवाको टिम बाट जिल्ला सभापतिको टिकट लिएका पण्डितलाई खुलेर नै सहयोग गर्ने भएका हुन् । नेता गिरी पनि पण्डितको टिम बाटनै महाधिबेशन प्रतिनिधि लड्ने भएका छन् । गिरीलाई काँग्रेस नेता जनक गिरीको नजिकका रुपमा चिनिदै आएका थिए । उनि सँगै प्रदेश क क्षेत्रमा नेता नारायण पाध्याय पनि पण्डितको टिम बाट उपसभाति लड्ने भएका छन् ।
नेता पद कुमार गिरीले खुलेर नै देउवा गुटमा लाग्ने भएपछि काँग्रेस भित्रको राजनितिक कोर्स धेरै परिवर्तन भएको छ । प्रदेश क मा जनक गिरी, बद्रि प्रसाद पाण्डे जस्तै पदम कुमार गिरीको पक्षमा पनि जिल्ला प्रतिनिधिहरु उत्तिकै रहेको पाईएको छ । पण्डितलाई पदम गिरीले सहयोग गर्ने भएपछि पण्डित अर्थात देउवा गुटको टिम बलियो देखिएको छ ।
नेता गिरी बुढिनन्दा नगरपालिकामा प्रमुख भए सँगै प्रदेश क मा उनको पक्कड पनि बलियो बन्दै गएको छ । प्रदेश क बाट ४ सय ८१ जना काँग्रेस प्रतिनिधि जिल्ला अधिबेशनमा सहभागि हुने भएका छन् । गिरीले प्रदेश क को सभापतिमा अघि सारेका राम बहादुर बोहोरा प्रदेश सभापति भएका थिए । प्रदेश क मा उनले ३५ प्रतिशत भन्दा बढी जिल्ला प्रतिनिधिलाई आफ्नो पक्षमा लिने सक्ने देउवा पक्षका एक नेताले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार