• होमपेज
  • समाचार
  • रौतहटमा खोलाले बगाएर एकजनाको मृत्यु

रौतहटमा खोलाले बगाएर एकजनाको मृत्यु

  • आइतवार, अशोज १७, २०७८
रौतहटमा खोलाले बगाएर एकजनाको मृत्यु

चादी खोलाले बगाउँदा रौतहटमा एकजनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका– ३ बरबोट घर भएका १४ वर्षीय सुकराम ठोकरको ज्यान गएको हो।

शनिबार साँझ गैटाटार बजार आएका ठोकरलाई साँझ अन्दाजी ८ बजेको समयमा खोला तर्ने क्रममा खोलाले बगाएको थियो। उनको शव तीन किलोमिटर तल खोलामा फेला परेको चन्द्रपुर– ३ का वडाध्यक्ष रवि देवकोटाले बताए।

दुई दिनदेखिको लगातारको वर्षाले चादी खोलामा आएको बाढीले ठोकरलाई बगाएको हो। शव फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली जाँदै गरेको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार