• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराकाे अधिबेशनमा देउवा पक्ष र पौडेल सिटौला पक्ष बिच प्रतिस्पर्धा हुने संकेत

नेपाली काँग्रेस बाजुराकाे अधिबेशनमा देउवा पक्ष र पौडेल सिटौला पक्ष बिच प्रतिस्पर्धा हुने संकेत

  • आइतवार, अशोज १७, २०७८
नेपाली काँग्रेस बाजुराकाे अधिबेशनमा देउवा  पक्ष र  पौडेल सिटौला पक्ष बिच प्रतिस्पर्धा हुने संकेत

बाजुरा — नेपाली काँग्रेशको चौधौ महाधिवेशन तथा सातौ जिल्ला अधिवेशन अन्तरगर्त बाजुरा जिल्लाको जिल्ला अधिवेशन शनिवार बाट एक औपचारिक कार्यक्रमका विच उद्धघाटन भएको छ । विशेष गरि जिल्ला सभापतिको आकाँक्षीहरु अहिले आ आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन ।

बाजुरामा पौडेल सिटौला प्यानल र देउवा प्यानलको रोचक प्रतिस्पर्धा हुने देखीएकाे छ। सभापतिको उम्मेदवार पौडेल प्यानल बाट नेपाली काँग्रेशका वरिष्ट नेता तथा त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावल रहेका छन । भने देउवा प्यानल बाट सभापतिका आकांक्षी ४ जना देखिएका छन ।अहिले बाजुरामा सभापतिका लागि पाँच जनाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन ।

नेपाली काँग्रेश बाजुराका वर्तमान सभापति कविराज पण्डित ले पनि पुनः दोहोरोरिने बताएका छन । त्यसैगरि नेपाली काँग्रेश बाजुराका वरिष्ट नेता रामसिंह रावलले केहि महिना अगाढी देखि नै सभापतिको उम्मेदारीको लागि प्रचार प्रसार गर्दै आएका थिय । यसरि हेर्ने हो भने बाजुरामा पौडेल प्यानल र देउवा प्यानलको रोचक प्रतिस्पर्धा हुने देखीएकाे छ ।

अहिले बजार मा आआफ्नै पक्षका कार्यत्रर्ताहरुले आफ्ना पक्षका उम्मेदवारीहरुको प्रचार प्रसार गरिरहेका छन । त्यसै गरि सम्विधान सभा सदस्य महा नेपाली र संगठन विभाग प्रमुख धनराज पण्डितले पनि आफ्नो उम्मेदवारी घोषण गरेका छन । यसरि हेर्नेहो भने पौडेल सिटौला प्यानलबाट एकल साझा उम्मेदवार रामसिंह रावल रहने संकेत देखिएको छ  ।

देउवा प्यानल बाट चार जनाले उम्मेदवारी घोषणा गरेका छन । शनिबारदेखी सुरू भएकाे साताैँ जिल्ला अधिबेशन  आइतबार दिउसाे सम्म कुने टुगाेँ नलागेकाे नेताहरूले बताएका छन । यसरी हेर्दा साेमबार मतदान हुने संकेत देखीएकाे नेताहरूले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार