• होमपेज
  • राजनीति
  • काँग्रेस नेत्री खातीको जिल्ला कार्य समितिमा उम्मेद्वारी

काँग्रेस नेत्री खातीको जिल्ला कार्य समितिमा उम्मेद्वारी

  • आइतवार, अशोज १७, २०७८
काँग्रेस नेत्री खातीको जिल्ला कार्य समितिमा उम्मेद्वारी

बाजुरा– नेपाली काँग्रेस बाजुराकी नेत्री पुजा कुमारी खड्का (खाती) ले पनि नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको सदस्यमा उम्मेद्वारीको घोषण गरेकी छन । महिला सवाल सँगै पाटि संगठन बलियाे निमार्ण गर्नका लागि खातीले उम्मेद्वारी दिने बताएकी छन् ।

खातीले २०७२ सालमा नेपाली काँग्रेसको साधारण सदस्यमा प्रवेश गर्दै नेपाली काँग्रेसका हरेक भातृ संघहरुको नेतृत्व गरिसकेकी छन । २०७२ साल मै नेपाल महिला संघ बुढीगंगा नगर समितिको सभापति पदमा जिम्मेवारी लिइ सकेकी छन । बिगत लामो समयमा द्वन्दमा हुम्मिएको नेकपा माओवादीबाट ठुलो यातना भोगेकी नेता निडर नेताको रुपमा पनि चिनिन्छन ।

खातीले बाजुरेली चुलो चौकोमा सिमति रहेकी महिलाहरुलाई अधिकार दिलाउने सवालमा वकालत गर्ने उनको प्रतिवद्वता रहेको छ । यसरी लामो समय सम्म राजनिति यात्रामा हुम्मिएकी नेत्री खातीले आफुलाई जिल्ला कार्य समिति सदस्यमा निर्वाचित गराउन सम्पुर्ण जिल्ला प्रतिनिधीलाई अपिल गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार