शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • महाधिवेशन प्रतिनिधिमा नेता नेपालीद्धारा उम्मेदवारी घाेषणा

महाधिवेशन प्रतिनिधिमा नेता नेपालीद्धारा उम्मेदवारी घाेषणा

  • आइतवार, अशोज १७, २०७८
महाधिवेशन प्रतिनिधिमा नेता नेपालीद्धारा उम्मेदवारी घाेषणा

बाजुरा —  दलितहरूकाे अग्र माेर्चामा रहेका युवा नेता पदम बहादुर नेपालीले १४ औँ महाधिवेशनमा महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेका छन । उनले बाजुराबाट महाधिबेशन प्रतिनिधीमा उम्मेदवारको घोषणा गरेका हुन । नेविसंघको विद्यार्थी राजनीतिबाट सुरु गरेका नेपाली हाल पाटीकाे यातायात समन्वय बिभागका केन्द्रीय सदस्य समेत रहेका छन  । राजिनतिलाइ मुला सेवाकाे रूपमा लिएर अग्रसर बनेका नेपाली  प्रखर बक्ता र उर्जावान ब्यक्तीको रुपमा चिनिएका छन । बिध्यार्थी काल देखी राजनितीमा होमिएका नेपालीले बाजुरा बाट साझा ब्यक्तीको रुपमा चिनिने र कसैको मनलाई नबिझाउने युवा नेताको रुपमा परिचित छन । नेपाली काँग्रेस पार्टीलाई बलियो काँग्रेसमा बनाउने उदेस्यका साथ आफुले महाधिबेशन प्रतिनिधिमा उम्मेद्धारी दिने उनले बताए ।
नेता नेपालीले २०५८ सालदेखी  नेबिसघं राजनितिबाट राजनिति यात्रा सुरु गरेको बताए । उनले यस अघि दलित संघका बभिन्न माेर्चामा रहेर काम गरिसकेकाेले अबकाे राजनति माेर्चा भन्दा बाहिर राष्टिय राजनितमा जाने उदेस्यका साथ महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी दिने बताएका छन । उनले यस अघि दलित संघकाे जिल्ला सचिव कार्यबाहक अध्यक्ष दलित संघकै केन्द्रीय सदस्य सेती अंचल प्रमुख भइसकेकाे छन । नेबिसघंकाे महाधिबेशन प्रतिनिधी हुदै केन्द्रीय उपाअध्यक्षका प्रत्यासी समेत बनेका नेपालीले याे अधिबेशनमा पाटीबाटै महाधिबेशन प्रतिनिधीमा लड्ने नेता नेपालीले बताएका छन ।
बिद्यार्थी राजनिती बाट उनले सुरु गरेको राजनिती यात्राका साथ अब पार्टीको नेतृत्व लिनुपर्ने आबस्यक रहेको नेपालीको भनाई रहेको छ ।
नेपालीले सम्पुण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुण सहभागिता सहितको बलियो काँग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन । समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार