• होमपेज
  • राजनीति
  • वार्ता हुन पनि सक्छ नहुन पनि सक्छ

वार्ता हुन पनि सक्छ नहुन पनि सक्छ

  • शनिबार, अशोज १६, २०७८
वार्ता हुन पनि सक्छ नहुन पनि सक्छ

खुशीको कुरा विगत लामो समयदेखि नेपाली राजनीतिमा देखिएको कम्युनिस्ट आन्दोलन भित्रको खास गरेर नेकपा मसाल को आन्तरिक कलह टुटफुट विद्रोह आरोप प्रत्यारोप कारबाही ले वार्ताको माध्यमबाट समाधानको बाटो खुलेको छ। पार्टीमा के हुनु पर्थ्यो ? कसले के गर्यो? को अवसरवादी हो?को दक्षिणपन्थी हो? कसले अनुशासन उलंघन गर्यो? कारबाही किन भयो? कार्यबाही पक्षपाती भयो कि भएन? जिम्मेवारी पूरा किन कसले गरेनन? यिनै सेरोफेरोमा रहेर सार्वजनिक बहस भएका छन्।

विभिन्न पत्र पत्रिका प्रिन्ट अनलाईन मिडिया सामाजिक सञ्जालमा यिनै सेरोफेरोमा लेख भाषण प्रकाशित भएका छन्। मानौं आरोप प्रत्यारोप को विनासकारी बाढी आएको छ। पार्टीको इतिहासमा अहिले सम्मकै पार्टीको ठूलो हिस्सा कारबाहीको दायरामा परेको छ। कारबाहीमा परेका कमरेडहरु जागरण नामबाट संगठित तरिकाले पार्टीलाई सुध्रिन दबाब दिने उद्देश्यले पार्टी लाई दंक्षिनपन्थि दिशा तर्फ गएको गम्भीर आरोप लगाएका छन् र ऐतिहासिक आठौ महाधिवेशन को विरोध गरेर विशेष महाधिवेशन को माग गरिरहेका छन्।

यी सबै हुनुमा हाँक प्रकरणले मुख्य भूमिका खेलेको छ। हाँक इतर साथीहरुले राष्ट्रिय जागरण गठन गरेर संगठित तरिकाले प्रदेश स्तरिय जिल्ला स्तरीय समानान्तर कमिटी गठन गर्दै आएका छन्। यस्तो अवस्थामा ढिलो भए पनि पार्टीले महाधिबेसनको विरोध नगर्ने, पार्टीलाई लगाएको दक्षिणपन्थी को आरोप फिर्ता लिने, समानान्तर कमिटी विघटन गर्ने सर्तमा वार्ता टोली गठन गरेको समाचार सार्वजनिक भएको छ।

वार्ताको प्रस्तावलाई चौतर्फी रूपमा स्वागत गरिएको छ। वार्ता त्यति सजिलो देखिँदैन तर असम्भव पनि छैन। वार्ता हुन पनि सक्छ नहुन पनि सक्छ।
हामि लामो समय सम्म सँगै काम गरेका छौं। हाम्रो मिशन लक्ष एउटै हो। हामीमा वर्गिय मायाले एकता वार्ताको नजिक पुर्याएको छ। विगतमा कसले के भन्यो कसले के गर्यो सैदान्तिक मुद्दामा बाहेक घरि घरि कोट्याउनु ठिक होइन। पार्टी केन्द्रले पनि बढी भन्दा बढी नरम लचकता अपनाउन सक्नुहुन्छ। भिन्न मत राखेका मित्रहरुले पनि प्रक्रिया पद्धति भित्र रहेर वार्ता सफल पार्न सहयोग गर्ने विशाल मन बनाउनै पर्छ। वार्ता छलफल समजदारी आजको आबस्यकता हो।

हामि आपसमा सबै तह बाट सदभाव कायम गरेर व्यवहार गर्नु पर्छ। के के गर्नुपर्छ के के गर्नु हुँदैन वार्ता टोली मा सामेल विग्य जनहरुमा छोडिदिनु पर्छ। पार्टीलाई नजिक बाट हेर्ने लाखौं समर्थक शुभ चिन्तक को कामना छ वार्ता सफल होओस। नेकपा मसाल एक ढिक्का भएर आमूल परिवर्तनको लागि क्रान्तिकारी कार्य योजना सार्वजनिक गरोस। वार्ता सफलताको अग्रिम शुभकामना।

चर्चामा

सम्बन्धित समाचार