• होमपेज
  • बाजुरा बिशेष
  • नेपाली कांग्रेस बाजुराकाे अधिवेशन उद्धघाटन समाराेह सुरू

नेपाली कांग्रेस बाजुराकाे अधिवेशन उद्धघाटन समाराेह सुरू

  • शनिबार, अशोज १६, २०७८
नेपाली कांग्रेस बाजुराकाे अधिवेशन उद्धघाटन समाराेह  सुरू

बाजुरा — नेपाली कांग्रेस बाजुराकाे साताैँ अधिवेशन शनिबार (आज) देखी सुरू  भएको छ। जिल्ला सदरमुकाम मार्तडीमा नेपाली काङ्ग्रेस को सातौ जिल्ला अधिबेशन उदघाटन समारोह सुरू भएकाे छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै शनिबार देखी बाजुरा जिल्ला कार्य समितिकाे अधिबेशन सुरू भएकाे हाे ।

No description available.

वडा नगर गाउँ कार्य समिति र प्रदेशकाे कार्य समितिकाे अधिबेशन सकिए संगै बाजुरा काँग्रेसले जिल्ला अधिबेशन गर्ने तयारीमा रहेकाे नेपाली काग्रेस बाजुराका सभापती कबिराज पण्डितले बताएका छन । सुक्रबार मात्रै प्रदेश (ख) अधिबशेन सम्पन्न भएकाे र केन्द्रीय सर्कुलर अनुसार आज देखी संचालन गरिएकाे सभापती पण्डितले बताएका छन ।

No description available.

नेपाली काग्रेसका बाजुराका सभापती कबिराज पण्डितकाे अध्यक्षतामा संचालन भएकाे उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेस केन्द्रीय सदस्य बर्दि प्रशाद पाण्डे रहेका छन । नेपाली काग्रेस बाजुराका सचिव रनसिहं अएडीले संचालन गरेकाे कार्यक्रममा पुर्व भुमिसधार सहायक मन्त्री जनकराज गिरी पुर्ब सांसद देबराज जाेशी   सम्बिधान सभा सदस्य महा नेपाली, पुर्ब सभापती मान बहादुर रावल लगायतका नेताहरू बिषिस्ठ अतिथि रहेका छन ।

No description available.

जिल्ला सदरमुकाम मार्तडीकाे खेलकुद भवनमा संचालन भएकाे कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यक्रताहरूकाे सहभागीता रहेकाे छ । कार्यक्रमकाे उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य बर्दि पाण्डेले ब्यानर वाचन गरेर उद्धघाटन गरेका छन । साे कार्यक्रमकाे स्वागत नेपाली काग्रेस बाजुराका संगठन बिभाग प्रमुख धनराज पण्डितले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार