• होमपेज
  • राजनीति
  • एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

  • शनिबार, अशोज १६, २०७८
एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।

समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नेछन् ।

१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको छ भने महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ वटा कमिटी गठन गरिएको छ । समूहगत छलफल सकिएपछि पूर्ण बैठक बस्ने जनाइएको छ र त्यसपछि समूहको निष्कर्ष सुनाइनेछ। समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिनेछ।

चर्चामा

सम्बन्धित समाचार