बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • सक्षम संगठन निर्माण गर्नु मेराे उदेस्य हाे सभापतीका उम्मेद्वार धनराज पण्डित

सक्षम संगठन निर्माण गर्नु मेराे उदेस्य हाे सभापतीका उम्मेद्वार धनराज पण्डित

  • शनिबार, अशोज १६, २०७८
सक्षम संगठन निर्माण गर्नु मेराे उदेस्य हाे  सभापतीका उम्मेद्वार धनराज पण्डित

 राजनीतिमा निरन्तरता तर, ब्यक्तिगत प्रतिफल नलिने साधारण ब्यक्तित्व भनेर धनराज पण्डितलाई  भनिन्छ । नेपाली काग्रेस बाजुरामा पनी केन्द्र देखीको एक धार र अर्को धारका भन्दै पौडेल पक्ष, सिटौला पक्ष र देउवा पक्षले आ आफ्नै गुटमा केही ब्यक्तीहरुलाई सभापती बनाउन लागेका नेताहरूले धनराज पण्डितलाइ के सभापतीकाे उम्मेद्धार बनाउलान त ?

२०४८ सालबाट राजनितीक यात्रा तय गरेका पण्डितले सभापति बन्ने दौडमा रहनु स्वभाबिक मानिएको छ । पण्डित २०४८ सालमा नेबिसघंको ईकाइ सचिव भएका थिए । त्यसै गरी २०५१ सालमा डोटी क्याम्पस नेविसंघको इकाई सचिवबाट राजनीतिमा अघि बढाएका पण्डितले जिल्लाको निर्वाचित पार्टी सचिव समेत भईसकेका छन ।
२०५३ सालमा पार्टी अभिलेख शाखा उप प्रमुख, २०५५ सालमा नेबिसघंको जिल्ला अध्यक्ष, २०५९ सालमा प्रजातान्त्रीक काग्रेस जिल्ला सचिव, २०६३ सालमा पार्टी एकीकरण पछि पाटि प्रबक्ता, २०६७ को जिल्ला अधिबेशनबाट जिल्ला कार्य समितिमा निर्वाचित सचिव समेत भएका पण्डितले पार्टी संगठनको बारेमा राम्रो अनुभव बटुलेका छन । उनले युवा शक्तिलाई कांग्रेसमा आकर्षित गराउन र पार्टीको संगठन चुस्त राख्नका लागि जिल्लाको सभापतिमा उम्मेदवारी दिने बताए ।
जिल्ला भित्र देखिएको गुटगत राजनीतिलाई हटाएर काँग्रेसलाई सुदृढीकरण गर्दै बलियो बनाउने उद्देश्य सहित जिल्ला सभापतीमा आकाङ्क्षी रहेको धनराज पण्डितले बताएका छन । आगामि तीन ओटै तहको निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन नेतृत्वमा आउन चाहेको उनले बताए ।
पार्टी सिद्धान्तलाई आत्मसाथ गर्दै कुशल अभिभावकत्व प्रदान गर्न सक्ने व्यक्ति सभापतिका रुपमा चयन हुनुपर्ने एक उदारणका पात्र पण्डित रहेका छन । आफ्नो जिवन नेपाली काग्रेसलाई सुम्पेका पण्डित पार्टी संगठन चलायमान बनाउने एक कुशल नेताका रुपमा चिनिने गरेका छन । उनले राजनितीक यात्रा सुरु गरे सँगै जिल्लामा हुने हरेक आन्दोलन देखी जिल्लाका कुनै पनी कार्यक्रमहरुमा उनको बलियो उपस्थित रहदै आएको छ । उनले आफु लागेका हरेक संगठनहरुलाई बलियो बनाउदै पार्टी संगठनमा पनी कुशल नेतृत्वका रुपमा परिचीत रहेका छन ।
पण्डितले काँग्रेसको अधिबेशनमा निर्बाचनमा जानुपर्ने स्थिती श्रृजना भए पार्टी सभापतीमा लड्ने र यदि सहमती हुने भए महाअधिबेशन प्रतिनिधीमा जाने बडिमालिका खबर सँग बताएका छन् । २०४८ सालदेखी पार्टीको सकृय कार्यक्रता तथा कुशल नेतृत्वका रुपमा परिचित पण्डित अनुशासीत र मिजाशिलो स्वभावका रहेका छन । पण्डित कसैलाई अपसब्द नबोलेरै नेतृत्व लिन सक्ने स्वभावका एक उदाहरणीय ब्यक्तित्वका रुपमा चिनीन्छन ।
२०५१ सालमा नेविसंघको डोटी क्याम्पस इकाई सचिव हुँदै पार्टी राजनीतिमा होमिएका पण्डित जिल्लाको सभापतिका लागि अघिल्लो पुस्ताका नेताहरुको समेत सहयोग सहित चासो रहेको देखीन्छ । गरिव परिवारमा हुर्केका पण्डित जिल्लामा लामो समय देखी राजनिती भन्दा बाहेक अन्य कुनैमा संलग्नता देखीएको छैन । उनलले आफ्नो बाल्यकाल देखी राजनीतीमै जिवन बिताएका छन ।
राजनिती गर्ने उनको रुची नै जीवनसंग संघर्ष बनेको देखीन्छ ।
२०३४ सालमा साबिकको मार्तडी गाबिस वडा न २ हालको बडिमालिका नगरपालिका वडा न ७ जील्लीमा जन्मिएका धनराज पण्डित नेपाली काँग्रेसको बिद्यार्थी संगठन हुँदै हाल पार्टीको संगठन बिभागको जिम्मेवारी समालीरहेका छन । ब्यक्तीगत जीवन भन्दा समाजिक र राजनितिक जीवनमा बढि हुमीएका एक कुशल नेताकाे रूपमा धनराज पण्डीतलाइ हेर्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार