• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराको प्रदेश (ख) को सभापतीमा खाती बिजयी, देउवा पक्षको हावी

नेपाली काँग्रेस बाजुराको प्रदेश (ख) को सभापतीमा खाती बिजयी, देउवा पक्षको हावी

  • शुक्रबार, अशोज १५, २०७८
नेपाली काँग्रेस बाजुराको प्रदेश (ख) को सभापतीमा खाती बिजयी, देउवा पक्षको हावी

बाजुरा — नेपाली काँग्रस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा प्रदेश (ख) को सभापतीमा रंग खाती बहादुर खाती बिजयी भएका छन । उनले ४ सय ३७ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिदन्दी देब बहादुर रोकायाले २ सय ७५ मत ल्याएर पराजित भएका छन । सुक्रबार भएको मतदानमा ७ सय २५ मत खसेको थिए । प्रदेश (ख) को सभापतीमा रंग बहादुर खाती र देब बहादुर रोकाया बिचको टिममा भएको ७ सय २७ मत मध्य ७ सय २५ मत खसेको मत खसेकका थिए ।
त्यस्तै उपसभापतीमा २ जनामा ६ जनाको उम्मेद्धारी रहेका थिए । जसमा शेर बहादुर सिंहले ३ सय ९० र दिल ब. बुढाले ३ सय ६ मत ल्याएर बिजय भएका छन ।
सचिवमा चक्रराज जोशीले ४ सय ५२ र दिल ब. थापाले ३ सय ३० मत ल्याएर बिजयी भएका छन । त्यस्तै सहसचिवमा अर्जुन नाथले ४ सय ४६ र महेन्द्र रावलले ३ सय १५ मत ल्याएर बिजयी भएका छन ।
प्रदेश अधिबेशन प्रतिनिधीमा सुरत शाहले ३ सय ५०, परे नाथ प्रेमले ४ सय ९५, ताल बहादुर रावतले ३ सय ३६, चन्द बहादुर रावतले २ सय ५५, हिरेन्द्र बहादुर रोकायाले ३ सय ४, जनक बहादुर सिहंले २ सय ८२ र जनक बहादुर रोकायाले २ सय २९ मत ल्याएर बिजयी भएका छन । खस आर्य खुलामा भानुभक्त पाध्यायले ४ सय २२, हर्क बहादुर रावतले ३ सय ३८ र तेज बहादुर कडायतले ३ सय ८९ मत ल्याएर बिजयी भएका छन । खस आर्य महिला प्रदेश प्रतिनिधीमा सितादेबी अएडीले ३ सय ६५, जानकी देबी रावलले ४ सय ५० मत ल्याएर बिजयी भएकी छन । त्यसै गरी दलित खुला प्रतिनिधिमा मंगलसिं सेरालाले ५ सय १३ मत ल्याएर बिजयी भएका छन । अपाङ्ग, मधेशी, थारु, अल्पसख्यं र मुस्लीम मध्ये रामप्रसाद रेग्मीले ३ सय ५८ मत ल्याएर बिजयी भएका छन ।

चर्चामा

सम्बन्धित समाचार