शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ
  • विनिमयदर : नेपाली श्रमिक रहेका खाडी मुलुकको मुद्रा साट्दा फाइदा

विनिमयदर : नेपाली श्रमिक रहेका खाडी मुलुकको मुद्रा साट्दा फाइदा

  • शुक्रबार, अशोज १५, २०७८
विनिमयदर : नेपाली श्रमिक रहेका खाडी मुलुकको मुद्रा साट्दा फाइदा

आज (शुक्रबार) नेपाली श्रमिकहरूको गन्तव्य मुलुकका मुद्राको विनियमदर बढेको छ । खाडी क्षेत्रका मुलुकबाट प्राप्त मुद्रा साट्दा हिजोभन्दा आज धेरै रकम पाइनेछ ।

हिजो साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको थियो । आज सो मुद्राको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा तोकिएको छ । यी सबै मुद्राको सटहीदर बढेको हो ।

नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३९२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३१४ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यी सबै मुद्रा विनियमदर हिजोभन्दा आज बढेको छ ।

नेपाली श्रमिकहरूको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ४ पैसा कायम गरिएको छ । यो मुद्राको विनिमयदर भने स्थिर छ । हङकङ डलर एकको खरिददर १५ रुपैयाँ २१ पैसा र बिक्रीदर १५ रुपैयाँ २९ पैसा कायम गरिएको छ । यो मुद्राको विनिमयदर हिजोको तुलनामा १ पैसाले बढेको हो ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७ पैसा तोकेको छ । यो मुद्राको भाउ पनि बढेको छ । दोस्रो ठूलो अर्थतन्त्र चीनको मुद्रा युुआनको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा तोकिएको छ । यो मुद्राको भाउ पनि बढेको हो ।

यूरोपेली मुद्रा यूरोको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८४ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १५९ रुपैयाँ २६ पैसा र बिक्रीदर १६० रुपैयाँ ७ पैसा तोकिएको छ । क्यानडेली डलर एकको खरिददर ९३ रुपैयाँ ६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५३ पैसा, सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ ४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यी मुद्राहरू साट्दा भने हिजोभन्दा आज कम रकम पाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार