• होमपेज
  • राजनीति
  • गुरुदेव (सुमन) केसी द्धारा महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा

गुरुदेव (सुमन) केसी द्धारा महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा

  • बिहिबार, अशोज १४, २०७८
गुरुदेव (सुमन) केसी द्धारा महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा

बाजुरा — युवा नेता तथा बिद्यार्थी नेता गुरुदेब केसी ( सुमन) ले १४ औँ महाधिवेशनमा महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषण गरेका छन । उनले बाजुराबाट महाधिबेशन प्रतिनिधीमा उम्मेदवारको घोषणा गरेका हुन । नेविसंघको विद्यार्थी राजनीतिबाट सुरु गरेका केसी प्रखर बक्ता र उर्जावान ब्यक्तीको रुपमा चिनिएका छन । बिध्यार्थी काल देखी राजनितीमा होमिएका केसीले बाजुरा बाट साझा ब्यक्तीको रुपमा चिनिने र कसैको मनलाई नबिझाउने युवा नेताको रुपमा पचिचित छन । नेपाली काँग्रेस पार्टीलाई बलियो काँग्रेसमा बनाउने उदेस्यका साथ आफुले महाधिबेशन प्रतिनिधिमा उम्मेद्धारी दिने उनले बताए ।
बिद्यार्थी नेता केसीले २०५९ सालमा त्रिशक्ती माबिको नेबिसघं अध्यक्ष बाट राजनिति यात्रा सुरु गरेको बताए । २०६५ सालमा नेबिसघं कैलालीको जिल्ला सदस्य समेत भइसकेका छन । त्यसै गरी २०६८ सालमा नेबिसघं कैलाली जिल्लाको कार्यबाहक अध्यक्ष, २०७३ सालमा नेबिसघ केन्द्रीय सदस्यको उम्मेद्धार २०७३ सालमै कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतीको उम्मेद्धार र २०७५ सालमा नेबिसघंको केन्द्रीय सदस्य भइसकेको बताए ।
बिद्यार्थी राजनिती बाट उनले सुरु गरेको राजनिती यात्राका साथ अब पार्टीको नेतृत्व लिनुपर्ने आबस्यक रहेको केसीको भनाई रहेको छ ।
कसीले सम्पुणर् पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुणर् सहभागिता सहितको बलियो काँग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन । समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार