• होमपेज
  • समाचार
  • कञ्चनपुरका एक कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

कञ्चनपुरका एक कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

  • बिहिबार, अशोज १४, २०७८
कञ्चनपुरका एक कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

कञ्चनपुर — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ७ का ८४ वर्षीय वृद्धको कोरोनाका संक्रमणका कारण बिहीवार मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि महाकाली अस्पताल कञ्चनपुरमा लगिएको थियो ।

त्यहाँ पिसिआर चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि आफन्तहरुले थप उपचारको लागि उनलाई बुधवार सेती प्रादेशिक अस्पतालमा ल्याएका थिए । उनको उपचारका क्रममा आज सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार