• होमपेज
  • समाचार
  • कैलालीमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते

  • बिहिबार, अशोज १४, २०७८
कैलालीमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते

धनगढी — कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका -३ गोरुङ्गेमा लम्कीबाट चिसापानीतर्फ आउँदै गरेको लु६८प ४६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार घाइते हुनेमा सोही नगरपालिकाको वडा नम्बर १ का २८ वर्षीय एधेल न्यौपाने र ३२ वर्षीय लक्ष्मण तिमल्सेना रहेका छन्।

घाइते दुबैलाई उपचारका लागि लालरत्न अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार