• होमपेज
  • समाचार
  • श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

  • बुधबार, अशोज १३, २०७८
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

अर्घाखाँची — अर्घाखाँचीको सन्धिखर्कमा श्रीमानले लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका विष्णु विकले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाअनुसार मंगलवार राती खाँचीकोटमा दुवैजनाले सँगै बसेर मदिरा पिएका थिए । त्यहीबेला उनीहरुबीच झगडा भएको थियो । मदिरा पिएका बेला विष्णुले सीतामाथि लठ्ठी प्रहार गरेर हत्या गरेको प्रहरी निरिक्षक सुजन विक्रम शाहले बताए । हत्या गरेको आरोपमा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार