• होमपेज
  • समाचार
  • बहुविवाह मुद्दामा फरार दुईजना पक्राउ

बहुविवाह मुद्दामा फरार दुईजना पक्राउ

  • बुधबार, अशोज १३, २०७८
बहुविवाह मुद्दामा फरार दुईजना पक्राउ

बहुविवाह मुद्दाका फरार दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका घर भएका २९ वर्षीय नर बहादुर थापा र भिमाद नगरपालिका–४ घर भएकी मीना कुमारी थापा छिन् ।

उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतले २०७५ असोज १५ मा १० महिना १९ दिन कैद सजायको फैसला गरेको थियो । फैसलासँगै उनीहरु फरार भएका थिए । अदालतले फैसला गरेको ३ वर्षपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए ।

चर्चामा

सम्बन्धित समाचार