
बझाङ — भनिन्छ ‘पत्रकारिताको क्षणलाई निहाल्दै जाँदा काब्य बन्न सक्छ । हिजोको बर्तमान आजको इतिहास, आजको बर्तमान भोलिको काल खण्ड हो । त्यसैले पत्रकार भनेको राज्यको चौथो अङ्ग हो ।’ स्वतन्त्र भएर कलम चलाउन पाउँनु पत्रकारको पहिचान हो । कुनै पनि विषयमा पत्रकारले कलम चलाउनु पर्दा, त्यस वेला कलमको मसी रगत भन्दा शुद्ध भएको ठान्नु पर्दछ । पत्रकारले आफ्नो अगाडि जे देख्छ, सधै त्यही लेख्छ । पत्रकारलाई कसैले यो वा त्यो लेख भनेर सिकाउनु पर्दैन र आवश्यक पनि छैन ।
पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो । सधैं अर्काका विषय बाहिर ल्याउने पत्रकारकै पीडा चाही कस्ता हुन्छन् होला ? अरूका पीडा सुन्ने माध्यम बन्ने पत्रकारका पीडा यस्तासम्म हुँदारहेछन् ।
पत्रकार जसले लुकेका वा जानीजानी लुकाइएका विषय प्रकाशमा ल्याउँछ । बेथिति र विसङ्गतिको पर्दाफास गर्छ । पर्दा पछाडि हुने चलखेलको पर्दा उघार्छ । निरङ्कुश शासकलाई घुँडा टेकाउँछ । कानुन, नियम र नीति सम्झाउँछ । जनताका दुःख, पीडा र वेदनालाई मुखरित गर्छ । शासकलाई सुशासन सम्झाउँछ । नेतालाई जनतासँग जोड्छ ।
रात दिन दुःख गरेर अरूका दुःख देखाउने पत्रकारको दुःख कसले देखेको छ ? कसले लेखेको छ ? यहाँ चर्चा गर्न खोजिएको खास विषय यही हो । भोको पेटले कति पत्रकारले समाचार लेखे ? फाटो लुगाले कति नयाँ विषय उजागर भए ? जिन्दगी दाउमा राखेर कतिलाई प्रश्न गरे ? आफूले अन्याय सहेर कतिलाई न्याय दिलाए ? कसैसँग हिसाब छैन ।
के पत्रकारलाई दुःख छैन ? के महिनौँ तलब नपाएको पत्रकारका पीडा समाचार बन्न लायक छैनन् ? काम गर्दागर्दै लखेटिने पत्रकार समाचार होइनन् ? अवश्य हुन् । त्यसो भए किन बन्दैनन् समाचार ? अहम् प्रश्न नै यही हो ।
अब मूल विषयमा प्रवेश गरौँ । नेपालमा काेराेना भाइरस (काेभिड-१९) भित्रिएपछि देशमा लकडाउन सुरू भयाे । त्यहीं अवधिमा अधिकांश संचारगृहका पत्रकारले बिना तलव काम गरिरहेका भेटिएका छन् ।
‘प्रमुख रुपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चार माध्यमहरुले लकडाउन अघिकै समयदेखिको नियमित तलब नदिएको पाइएको छ भने अन्य कतिपयले लकडाउन शुरु भएदेखि दिनु पर्ने तलब नदिएको पाइएको छ’ ।
एउटा मिडिया यस्ताे भेटिएकाे छ, जसले श्रम गरेको ४ महिनाको पारिश्रमीक दिएकाे छैन । कामना मिडिया प्रालिद्धारा सञ्चालित “कामना न्युज डटकम”ले श्रम गरेको ४ महिनाको तलब नदिएपछि न्याय खाेज्दै झापा जिल्ला घर भएकी संचारक्रर्मी सिमा त्रिताल अहिले कान्तिपथ डटकमसंग जोडिनुभएको छ ।
संचारक्रर्मी सिमा त्रितालले भनिन्न्, म २०७६ माघ १५ गतेदेखि कामना मिडिया प्रालिद्धारा सञ्चालित कामना न्युज डटकममा संवाददाताको रुपमा कार्यरत रहँदै आउँदा ०७७ सालको बैशाख देखि साउनसम्मको तलब रोकिदियो । पटक पटक आफुले श्रम गरेको पारिश्रमिक माग्दा कामना न्युज डटकमका संचालक टुकराज काफ्लेले बिभिन्न बाहना बनाइ ब्यवास्ता गरेको संचारक्रर्मी त्रितालले बडिमालिका खबरलाई बताइन् । श्रम गरेको पारिश्रमिक नदिएपछि काठमाडौं बस्न र टिक्न गाह्रो भयो ।
काठमाडौंमा बसेको घरको समेत कोठाभाडा तिर्न सकेको छैन् । तलव माग्दा मिडिया मालिकले बिभिन्न बाहाना बनाएको समेत आरोप लगाएकी छिन् ।
यही सन्दर्भमा कामना न्युज डटकमका सम्पादक जिके पाेखरेलसंग पटक पटक कुरा गर्न आग्रह गर्दा पनि गैरजिम्मेवार जबाफ दिनुहुन्छ ।
सबै ठाँउबाट हारखाएपछि तलब भुक्तानीको लागि पहल गरिदिनुहुन भनि श्रमजीवी–पत्रकार संघ, नेपालमा उजुरी दिन पनि बाध्य भएकी उनले सुनाइन् ।
श्रमजीवी–पत्रकार संघ, नेपालले मेरो न्यायको लागि पहल गरिदिन्छ भने आशा थियो त्यो आशा पनि अहिले निराशामा बदलिएकाे छ । श्रमजीवी पत्रकार संघले दबाब जारी राखेकाे छ । तर कामना न्युजले भने कुनै पनि प्रतिक्रिया दिएकाे छैन ।
साउन १८ गते श्रमजीवी(पत्रकार संघ, नेपालले नाइस टिभीको कार्यालयमा दुई दर्जन भन्दा बढी श्रमजीवीहरुले व्यवस्थापनलाई दबाब दिएका थिए ।
श्रमजीवी(पत्रकार संघ, नेपालको नेतृत्वमा दिइएको तालाबन्दीसहितको दबाबपछि दुई बर्षदेखि तलब नपाएर आशा मारिसकेका दुई दर्जन भन्दा बढी पत्रकारहरु पारिश्रमिक पाएका थिए।
तर संचारक्रर्मी सिमाले उजुरी दिदासमेत अहिलेसम्म श्रमजीवी पत्रकार संघले कुनैपनि चासाे नदेखाएपछि निराशामा रहेकाे उनले गुनासाे गरेकी छिन् । र, यस बिषयमा बुझ्न खोज्दा संघका अध्क्षय जन्मदेव जैसी र महासचिव धनन्जय बुढाको फोनमा सम्पर्क हुन् सकेन ।
यहि प्रकरणसँग सम्बन्धित थप सामग्री केहि समय पश्चात सम्प्रेषण हुनेछ …!
