• होमपेज
  • समाचार
  • आज विश्व रेबिजविरुद्धको दिवस

आज विश्व रेबिजविरुद्धको दिवस

  • मङ्लबार, अशोज १२, २०७८
आज विश्व रेबिजविरुद्धको दिवस

काठमाण्डौ —  आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

‘रेबिज : तथ्य बुझौँ, त्रसित नबनौँ’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो। नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ।

जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र सङ्क्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ। पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।

सुई लगाएर रेबिजलाई निको पार्न सकिन्छ तर ढिला भएमा प्राणघातक बन्न सक्छ। मुख्य सहर बजारमा छाडा छाडिने कुकुरहरूका कारण रेबिज सङ्क्रमणको जोखिम बढाएको छ। घरमा पालेको वा कुकुरको छाउराले टोकेको भनेर लापर्बाही नगर्न पनि आग्रह गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार