• होमपेज
  • बुढीगंगा
  • चक्र जोशीद्धारा प्रदेश (ख) को सचिवमा उम्मेद्धारी घोषणा

चक्र जोशीद्धारा प्रदेश (ख) को सचिवमा उम्मेद्धारी घोषणा

  • मङ्लबार, अशोज १२, २०७८
चक्र जोशीद्धारा प्रदेश (ख) को सचिवमा उम्मेद्धारी घोषणा

बाजुरा — युवा नेता तथा प्रखर बक्ता चक्रराज जोशीले १४ औँ महाधिवेशन तथा आज हुन गईरहेको जिल्लाको सातौँ अधिबेशनमा बाजुराको प्रदेश (ख) को सचिवको उम्मेद्धार रहेको बताएका छन । उनले प्रदेश (ख) को सचिवमा उम्मेदवारको घोषणा गरिसकेका छन । नेविसंघको विद्यार्थी राजनीतिबाट सुरु गरेका जोशी प्रखर बक्ता र उर्जावान ब्यक्तीको रुपमा चिनिएका छन ।

बिध्यार्थी काल देखी राजनितीमा होमिएका जोशीले बाजुरा क्याम्पसको सभापतीमा हरी रोकाया संग थोरै मतले पराजय भोगेका भए पनी उनी सबैको साझा ब्यक्तीको रुपमा चिनिने र कसैको मनलाई नबिझाउने युवा नेताको रुपमा पचिचित छन । नेपाली काँग्रेस पार्टीलाई बलियो काँग्रेसमा सावित बनाउन  युवा नेता चक्र जोशी १४ औँ महाधिवेशन तथा जिल्लाको सातौ अधिबेशनमा प्रदेश (ख) को सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिद्यार्थी काल देखी राजनितिममा होमीएका जोशी पाटी संगठनमा प्रभावशाली नेताको रुपमा चिनिने गरेका छन । नेता जोशीले नेपाली काँग्रेसमा नेता कार्यकर्ता सबै समेट्ने र आफु निस्ठाको राजनीति गर्ने भएकाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनमा आफू जिल्लाको प्रदेश (ख) को सचिवमा लड्ने घोषणा गरेको बताए ।
जोशीले सम्पुण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुर्ण सहभागिता सहितको बलियो काँग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहेकाे बताएका छन । समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ ।

 समाज रुपान्तरणका लागि युवाको प्रतिनिधित्व हुनुपर्छ , नेपाली कांग्रेसमा युवा निर्वाचित भएपछि मात्र पार्टी बलियो हुने विश्वासका साथ  युवा नेता जाेशीले आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन् । विगत लामो समय देखि नेपाली कांग्रेमा ठुलो योगदान पुयाउदै आएका जाेशीले यसपालीकाे निर्बाचनमा युवाहरूकाे काथमा जिम्म्मेवारी दिन सबै मतदाताहरूमा अनुराेध समेत गरेका छन  देश र जनताको पक्षमा सधै सकरात्मक सोच राख्ने नेता जाेशीले  जिल्लामा प्रखर बक्ता तथा प्रभाव शाली भबिस्यकाे संकेत देखाउन नेताका रूपमा परिचित रहदै आएका छन ।

काँग्रेसलाई सुदृढीकरण गर्दै बलियो बनाउने उद्देश्य सहित  प्रदेश (ख) काे सचिवमा  आकाङ्क्षी रहेको जाेशीले बताएका छन । आगामि निर्बाचनमा प्रदेश (ख) को निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन नेतृत्वमा आउन चाहेको उनले बताए । जिल्लामा हुने हरेक आन्दोलन देखी जुनसुकै  कार्यक्रमहरुमा उनको बलियो उपस्थित रहदै आएको छ । उनले आफु लागेका हरेक संगठनहरुलाई बलियो बनाउदै पार्टी संगठनमा पनी कुशल नेतृत्वका रुपमा परिचीत रहेका छन । पार्टीको सकृय कार्यक्रता तथा कुशल नेतृत्वका रुपमा परिचित नेता जाेशी अनुशासीत र मिजाशिलो स्वभावका रहेका छन । जाेशी कसैलाई अपसब्द नबोलेरै नेतृत्व लिन सक्ने स्वभावका एक उदाहरणीय ब्यक्तित्वका रुपमा चिनीन्छन ।

बाजुरा क्याम्पस स्ववियुकाे सभापती लडे संगै राजनीति संगै नेपाली काग्रेसलाइ आत्मसाथ गरेका जाेशीले जिल्लामा हुन गइरहेकाे साताै  जिल्ला अधिबशनबाट आफुलाइ पाटी नेता मतदाताहरूले यस पटक सहयाेग गर्न अपिल गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार