शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाल निजामती कर्मचारी द्धारा सम्माननीय प्रधानमन्त्रि तथा मन्त्रीपरिषदलाई ज्ञापन -पत्र

नेपाल निजामती कर्मचारी द्धारा सम्माननीय प्रधानमन्त्रि तथा मन्त्रीपरिषदलाई ज्ञापन -पत्र

  • आइतवार, अशोज १०, २०७८
नेपाल निजामती कर्मचारी द्धारा सम्माननीय प्रधानमन्त्रि तथा मन्त्रीपरिषदलाई ज्ञापन -पत्र

बाजुुरा — नेपाल निजामती कर्मचारी द्धारा सम्माननीय प्रधान मन्त्री तथा मन्त्रीपरिष्द्लाई ज्ञापन – पत्र बुझाएको छ । २०७८ असोज २ गते नेपाल निजामती कर्मचारी संगठन , केन्द्रीय कार्य समितीको कार्की ब्याङक्वेट काठ्माण्डौमा आठौँ बैठक र राष्ट्रिय भेलाको निणर्यले नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को ठुलो संख्या र शक्ति संगठनमा एकिकृत भएकाले निजामती कर्मचारीको आधिकारीकता टे्ड युनियनका पुराना पदाधिकारीलाई फिर्ता गरि नयाँ नेतृत्व पठाई गतिशिल निणर्य गरिएको निजामती कर्मचारी संगठनका उपाध्यक्ष अंगत महत र सचिव दिपसिहं भण्डारीको हस्ताक्षेरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ. ।
निजामती कर्मचारीले प्राप्त गर्नुपर्ने संघीय ,प्रदेश र स्थानीय तहका कानुन बन्न नसक्दा कर्मचारी समायोजनका समस्याले आमकर्मचारी पिडित भई कर्मचारीका समस्यालाई मध्यनजर नगरेर संगठनका नाममा केहि अमूक र अनाधिकृत व्यक्तिहरु बिभिन्न जालझेल गर्नमै व्यस्त रहेका उपाध्यक्ष महतले बताए ।
नेपाल कर्मचारी संगठनको केन्द्रीय कार्यालय बबरमहलमा आई कुण्ठा र पुर्वाग्राहले संगठन विरोधी क्रियाकलाप गर्न उद्दत रहेका अराजक उछ्ङ्खल नारावाजी गर्ने ,संगठनको व्यानर र झण्डा च्यात्ने र ढुंगामुडा हान्ने जस्ता अनैतिक अपराधिक कार्यहरु गर्नेलाई कानुनी कारवाही गर्नुको सट्टा उल्टै संगठनका आधिकारिक पदाधिकारी सदस्यहरुलाई कार्यलय भित्रैबाट पक्राउ गरि प्रहरी प्रसाशनले कृतिम विवादको बाहाना बनाई कार्यालयमा तालाबन्दी गरेको प्रति संगठन घोर निन्दा आपत्ति र भत्र्सना गरेकोले सम्माननीय प्रधानमन्त्री तथा मन्त्रीपरिषद लाई ज्ञापन – पत्र बुझाएको दिपसिहं भण्डारीले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार