शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • जनक बिक्रम सिंहद्धारा प्रदेश प्रतिनिधिमा उम्मेद्धारी घोषणा

जनक बिक्रम सिंहद्धारा प्रदेश प्रतिनिधिमा उम्मेद्धारी घोषणा

  • आइतवार, अशोज १०, २०७८
जनक बिक्रम सिंहद्धारा प्रदेश  प्रतिनिधिमा उम्मेद्धारी घोषणा

बाजुरा — सहमति, सहकार्य एकताको लागि भन्दै १४ औँ महाधिवेशन भन्ने नाराका साथ बाजुराबाट जनक बिक्रम सिहंले प्रदेश प्रतिनधीमा उम्मेद्धारी घाेषणा गरेका छन ।   आफु युवा देखि बृद्धा सम्म नेतृत्वका लागि १४ औँ  महाधिबेशनमा प्रदेश  प्रतिनिधिमा उम्मेद्धारी रहेको बताए ।
उनले नेपाली कांग्रेसका सम्पुर्ण युवाहरुको संरक्षणको लागि, महिला बालबालिका, दलित र पिक्षडिएको समुदायको उत्थानको लागि र जिल्लाको विकासको लागि उम्मद्धारी घाेषणा गरेकाे सिंहले बताएका छन । साथै जिल्लाको विकास संगै  पार्टीकाे संस्थागत बिकाशमा निरन्तर लाग्ने र पहल गर्ने बताएका छन । अग्रज नेताहरूलाई सम्मान गर्दै युवाहरुको साथ लिएर पाटिलाई बलियो बनाउने  कार्य जारी रहने बताएका छन । ,
नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिए सँगै उनले यहि महाधिवेशनमा प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको हो । उनले २०५४ साल देखि राजनीति सुरु गरेको बताएका छन । त्रिपूरा सुन्दरी उच्च माबी श्रीकोट अछाम बाट नेपाल बिद्यार्थी संघ सदस्यमा निर्बाचित,हुँदै प्रवास म गएर पनि २०७५ सालमा बाजुरा दिल्ली सम्पर्क समितीको संस्थापक सचिब,२०७६ सालमा बाजुरा दिल्ली सम्पर्क समितीको महासचिवमा निर्बाचित हुँदै,महाधिवेशनकाे पूर्व सन्ध्यामा प्रदेश प्रतिनिधिकाे उम्मेद्धार बन्ने घाेषणा गरेकाे सिहंले बताए ।
आफु पाटि भित्रको मतभेद न्युुनिकरण गरेर सबैलाइ एकजुट बनाएर पाटिलाई अझै बलियो बनाउन आफु लाग्ने सिहंले वताए । नागरिकका हरेक समस्या र सवालमा पैरवी गरेर अघि बढने सिहंकाे भनाइ रहेकाे छ।

बिद्यार्थी जीवन देखिनै निकै राजनितिमा ठुलो योगदान दिदै आएका नेता सिहं बिभिन्न काल खण्डमा राजनैतिक योगदान दिदै आएका  बाजुराका एक सक्षम नेताकाे रुपमा चिनिएका छन । सातौँ जिल्ला अधिवेशनमा आफुलाई सबैले विश्वास गरि प्रदेश प्रतिनिधीमा विजयी गराउन सबै जिल्ला प्रतिनिधीहरुलाई नेता सिहंले अनुराेध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार