बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • सुभद्रा पाण्डेले महाधिबेशन प्रतिनिधिको उम्मेद्धारी दिने घोषणा

सुभद्रा पाण्डेले महाधिबेशन प्रतिनिधिको उम्मेद्धारी दिने घोषणा

  • शनिबार, अशोज ९, २०७८
सुभद्रा पाण्डेले महाधिबेशन प्रतिनिधिको उम्मेद्धारी दिने घोषणा

महीला नेत्री सुभद्रा पाण्डेले यस पटक हुन गइरहेको नेपाली काग्रेशको महाधिबेशनमा बाजुराबाट केन्द्रीय महाधिबेशन प्रतिनधीमा लड्ने बताएकी छन । २०४८ सालबाट बर्दिया जिल्लाबाट नेविसंघको साधारण सदस्य बाट राजनीति सुरूवात गरेकाे राजनिति संगै  यस पटक बाजुराबाट महाधिवेशन प्रतिनिधि लड्ने तयारी गरेकी पाण्डेले बताएकी छन । पाण्डे बाजुराको छैटौँ अधिबेशनबाट निर्वाचित जिल्ला कार्य समिति सदस्य सम्मेत रहेकी छन् ।
नेपाली काँग्रेसको ७ औँ जिल्ला अधिबेशनको समय नजिकिदै जाँदा र नेताहरुले आ-आफ्नो उम्मेद्वारी घोषणा गर्दै गर्दा नेत्री पाण्डेले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन् । बिद्यार्थी जीवन देखिनै निकै राजनितिमा ठुलो योगदान दिदै आएकी नेतृ पाण्डे बिभिन्न काल खण्डमा राजनैतिक योगदान दिदै आएकी बाजुराकी एक सक्षम महिला नेत्रीको रुपमा चिनिएकी छन ।
पाण्डेको राजनिति यात्रा ः राजनितिमा लामो समय सम्म नेपाली काँग्रेसका हरेक भातृ सुभेच्छुक सगंठनहरुको विभिन्न पदमा रही राजनितिक सेवा गर्दै आएकी पाण्डेको औपचारिक यात्रा बि.स २०४८ साल देखि भएको थियो । कक्षा ७/८ मा अध्यानरत हुँदै राजनिति तिर रुचि राख्दै आएकी नेत्री पाण्डे महिलाहरुका सवाल र एजेण्डाहरुलाई उठाउदै आएकी छन् । सातौँ जिल्ला अधिवेशनमा पनि समान सहभागिता, त्याग र वलिदानको मुल्याँङ्कन हुनु पर्ने कुरामा जोड दिदै उनले गरेको लामो समयको राजनिति घटनाक्रमलाई सबै नेता तथा कार्यकर्ता लगायत जिल्ला प्रतिनिधिहरुले कदर गर्ने कुरामा बिश्वास दिलाएकी छन् ।
२०४८ सालमा नेपाल बिद्यार्थी संघको साधारण सदस्यता लिएर औपचारिक रुपमा राजनितिक क्षेत्रमा प्रवेश भएकि थिईन् । बर्दिया जिल्लामा रहेर पढाईको क्रममा बिद्दार्थी राजनिति गर्दै गर्दा उनी बर्दिया जिल्लाको नेपाल बिध्यार्थी संघको क्षेत्रीय सभापति समेत भैसकेकी छन् । भेरी अञ्चल स्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्वबियु सदस्य हुँदै भएर बिध्यार्थीका हक, हित र सवालहरुका विषयमा आवाज उठाउदै आएकी थिईन् ।
नेकपा माओबादीको दस वर्षिय जन युद्दमा पनि आफ्नो ज्यानको प्रवाह नगरी नेपाली काँग्रेसको राजनितिमाा लागि रहदा विद्रोही पक्षवाट पनि ठुलो यातना भोग्नु परेको उनको स्मरण रहेको नेत्री पाण्डेले बताइन । नेत्री पाण्डेले आफुले माओवादी शान्ति प्रक्रियामा आउदा, सबै पद अखिल क्रान्तकारिले जित्दा पनि स्ववियु कोषाध्यक्ष पदमा एक्लैले जितेको बताएकी छन । सबै भन्दा बढी मत ल्यायर नेपाल बिद्दार्थी संघबाट बिजयी भएको उनले बताएकी छन ।
अल्पमतिय बिध्यार्थी राजनिति भएको क्याम्पसबाट राजनिति गर्दा आफुले सबैलाई समान न्याय दिने कुराको बिश्वासले अखिल क्रान्तिकारीको वाहुल्यता भएको क्याम्पसमा पनि आफुले बहुमतमा कोषाध्यक्षमा जितेको उनले बताएकी छन । सातौ जिल्ला अधिवेशनमा पनि आफुले पाटी पंतिमा गरेको महत्वपुणर् कामको उच्च कदर गरेकोले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी रहने बताएकी छन ।
बाँके जिल्लाको तरुणदल सदस्य, दुई पटक सम्म नेपाल िबिध्यार्थी संघको महाधिबेसन प्रतिनिधि, नेपाल महिला संघ बाजुराको सचिव, नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्वाचित सदस्य हुदै पाटीको महत्वपुणर् पदमा रही विश्वसनिय रुपमा योगदान गर्दै आएकोले सातौँ जिल्ला अधिवेशनमा आफुलाई सबैले विश्वास गरि महाधिवेशन प्रतिनिधीमा विजयी गराउन सबै जिल्ला प्रतिनिधीहरुलाई नेत्री पाण्डेले अनुरोध समेत गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार