• होमपेज
  • समाचार
  • प्रहरीद्वारा अवैध मदिरा नष्ट

प्रहरीद्वारा अवैध मदिरा नष्ट

  • शनिबार, अशोज ९, २०७८
प्रहरीद्वारा अवैध मदिरा नष्ट

रौतहट रौतहटको गरुडामा प्रहरीले सयौँ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् । दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणमा वृद्धि भएको डियसपी भणडारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार