• होमपेज
  • समाचार
  • काठमाडौँको डुबान सुकुम्बाँसी बस्ती किन हुन्दैन भाईरल:नायिका प्रियङ्गका कार्कीले छोरी जन्माउँदा भयो यस्तो भाईरल

काठमाडौँको डुबान सुकुम्बाँसी बस्ती किन हुन्दैन भाईरल:नायिका प्रियङ्गका कार्कीले छोरी जन्माउँदा भयो यस्तो भाईरल

  • शुक्रबार, अशोज ८, २०७८
काठमाडौँको डुबान सुकुम्बाँसी बस्ती किन हुन्दैन भाईरल:नायिका प्रियङ्गका कार्कीले छोरी जन्माउँदा भयो यस्तो भाईरल

अर्थ जङ्ग शाही — आइतबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरुमा आएको बाढीले आसपासका बस्तीहरुमा क्षति पुर्‍याएको छ । नदी आसपासका दर्जनौँ सुकुम्बासी बस्ती डुबानमा परेका छन् ।

लगातारको मुसलधारे वर्षाले उपत्यकाका सबै नदीहरुमा पानीको बहाव निकै उच्च भएको ।

बाग्मती, विष्णुमती, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । नदीहरुमा पानीको सतह सडक भन्दा माथिसम्म आएको छ ।

टेकु, कालीमाटी, शोभा भगवती, थापाथली, बोहोराटार, गोङ्गबु, मैतीदेवी, रातोपुल क्षेत्र पुरै डुबानमा परेका छन् ।

कतिपय ठाउँमा सडकमा गाडी चलाउनै नमिल्ने गरी पानी भरिएको छ ।

उपत्यकाका विभिन्न नदीमा आएको बाढीका कारण तीन सय ८५ घर डुबानमा परेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठोरले जानकारी दिए । ‘रातिदेखि नै डुबान भयो । हामीलाई सहयोग माग्दै झन्डै डेढ सय कलहरु आए । प्रहरी रातिदेखि नै खटिएको छ,’ एसपी राठोरले भने, ‘अहिलेसम्म २ सय ३२ जनाको उद्धार भएको छ । अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।’ ललितपुरको कालोपुलबाट प्रहरीले १५ जना मजदुरको उद्धार गरेको छ ।

एसपी राठोरका अनुसार बिहान भएपछि अवस्था सामान्य बन्दै गएको छ । ‘खोलाछेउका बस्ती डुबानमा परेका छन् । अँध्यारोमा केही जोखिम थियो । तर, त्यहाँ पनि अब अवस्था सामान्य बन्दै छ,’ उनले भने ।

के नायिका प्रियङ्गका कार्कीले मात्र छोरी जन्माएको हो त यस्ता हर्कतवाला फोटोहरु सामाजिक सँजालमा निकै भाईरल भएको देखेर काठमाडौँबाँसीहरुले हामी डुबानमा परेको सुकुम्बाँसी बस्ती कहिले भाईरल हुने भनेर एक आपसमा आलोचना गरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार