शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बजार
  • भारतबाट कर छलेरै भित्रिन्छ अवैध सुर्तीजन्य पदार्थ

भारतबाट कर छलेरै भित्रिन्छ अवैध सुर्तीजन्य पदार्थ

  • बिहिबार, अशोज ७, २०७८
भारतबाट कर छलेरै भित्रिन्छ अवैध सुर्तीजन्य पदार्थ

सुर्तीजन्य पदार्थ भारतिय बिडी र सुपर पावर कर छली गरी बाजुरा लगायत देशका बिभिन्न जिल्लामा पैठारी हुने गरेकाे छ । बाजुरा लगायत देशका बिभन्न ठाउँमा भारतबाट अबैध रूपमा पैठारी हुने गरेकाे हाे । ब्यापारीहरूले सस्ताे मुल्यमा भारतकाे नाकाहरूबाट अबैध रूपमा नेपालमा ल्याउने गरेकाे एक सर्बेक्षणले जनाएकाे

सिमानाको सुरक्षा र भन्सार नगरेर भित्रिने सामग्रीहरू निगरानी गर्न सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ । सशस्त्र प्रहरीको लापरबाहीले नै अबैध रुपमा बिंडी, रजनी गन्धासहितका सुर्ती जन्य वस्तुहरू भारतबाट अबैध रुपमा नेपालतर्फ भित्रिएको आरोप व्यापारीहरूको छ ।

 राजश्व छली गरेर जिल्ला भित्र्याउँदे गरेको गरेकाे सुर्ति जन्य पदार्थ नियन्त्रणमा सम्बन्धीत निकायएकाे ध्यान नगएकाे नागरिक अगुवाकाे भनाइ रहेकाे छ ।  सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा भारतीय अबैध बिंडीले कब्जा जमाएको छ । भारतबाट ‘स्वागत’, ‘मोरछाप’, ‘गोविन्द’, ‘घोँडा’, ‘बम्बे’, ‘कमल’ बिंडीहरू सुपर पावर नामक सुर्ती  अबैध रुपमा नेपाल छिर्ने गरेका छन् ।

सिमानाको सुरक्षा र भन्सार नगरेर भित्रिने सामग्रीहरू निगरानी गर्न सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ । सशस्त्र प्रहरीको लापरबाहीले नै अबैध रुपमा बिंडी, रजनी गन्धासहितका सुर्ती जन्य वस्तुहरू भारतबाट अबैध रुपमा नेपालतर्फ भित्रिएको आरोप व्यापारीहरूको छ ।

भन्सार कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राजश्व विभागका कर्मचारीहरूको मिलोमतोमा बिंडी तस्करहरूले बिंडी तस्करी गर्दै आएको आरोप नेपालका उद्योगीहरूको छ ।

विशेष गरेर कैलाली, कञ्चनपुर, दार्चुला जिल्लाहरूबाट भारतीय अबैध बिंडीहरू नेपाल भित्रिरहेको छ । नेपालमा भारतबाट अबैध रुपमा भित्रिनेमा बिंडीका साथै रजनी गन्धा, गुटखा, पान मसला, सुर्ती जन्य पदार्थहरू अत्याधिक रहेका छन् । यी बस्तुहरू बाहिरबाट हेर्दा सानो परिमाणमा देखिए पनि अबैध रुपमा भित्रिदा राज्यलाई राजश्वमा ठूलो नोक्सानी हुँदै आएको छ ।

टनकपुर, गौरीफन्टा, दार्चुलाको लाली बजारबाट सबैभन्दा धेरै भारतीय अबैध बिंडी भित्रिदा पनि प्रहरी, भन्सार र राजश्व कार्यालयले ध्यान नदिएको आरोप छ ।

चर्चामा

सम्बन्धित समाचार