शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रदेश कानुन बमोजिम उप मेयर बिष्टले मोबाईल खर्च लिएको हाे : नगरपालिका

प्रदेश कानुन बमोजिम उप मेयर बिष्टले मोबाईल खर्च लिएको हाे : नगरपालिका

  • बुधबार, अशोज ६, २०७८
प्रदेश कानुन बमोजिम उप मेयर बिष्टले मोबाईल खर्च लिएको हाे : नगरपालिका

बाजुरा — बडिमालिका नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै नगर उपमेयर कबिता बिष्टले प्रदेश कानुनले दिएको सेवा सुबधिा अन्तरगत नै सेवा लिएको जनाएको छ । बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्टले मोबाइल खर्च वाफत ७२ हजार लिएको भन्ने समाचर बिभिन्न संचार माध्यायममा आएको र नगरपालिका र उप मेयर बिष्ट लगायत ४७ जना जनप्रतिनिधीको बदनाम गराएको भन्दै बिज्ञप्ती निकालेको छ ।

समाचार तोडमोड गरी बिभिन्न संचारमाध्यामले उपमेयर बिष्ट महिला भएरै बदनाम गराएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपालको संबिधानको धार २७७ मा गाउँ तथा नगर सभा सदस्यहरुले पाउने सेवा सुबिधाको सम्बन्धमा प्रदेश कानुन बमोजिम सबै जनप्रतिनिधीहरुले सेवा लिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रदेश कानुनको ऐन २०७६ पहिलो संशोधन सहितको दफा ३ को उपदफा १ बमोजिम प्राप्त गरेको सुबिधा सम्बन्धमा महालेखा परिक्षकको आर्थिक बर्ष २०७६/२०७७ को लेखा परिक्षण प्रतिबेदनको दफा २० मा उल्लेखीत बिबरणलाई लिएर बिभिन्न संचार माध्याममा आएको समाचार प्रति ध्यानाकर्षण भएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सो बिज्ञप्तीमा ४७ जनामध्य उप मेयर बिष्ट महिला भएकै कारण बदनाम गराइएको पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ । बडिमालिका नगरपािलका उप प्रमुख बिष्टले पाएकाे जुन सेवा सुबिधा छ त्याे सुदुर पश्चिम भरीका उपमेयहरूले पाउने गरेका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार