शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • रानीबन स्पोर्ट्स क्लवले राप्ती रिभरलाई पराजित गर्दै उत्कृष्ठ खेल प्रदर्शन

रानीबन स्पोर्ट्स क्लवले राप्ती रिभरलाई पराजित गर्दै उत्कृष्ठ खेल प्रदर्शन

  • बुधबार, अशोज ६, २०७८
रानीबन स्पोर्ट्स क्लवले राप्ती रिभरलाई पराजित गर्दै उत्कृष्ठ खेल प्रदर्शन

बाजुरा — बुधबार विहान काठमाण्डौंमा बाजुराको रानीवन स्पोट्स क्लव र राप्ती रिर्भरविच भएको म्यान अफ द म्याच खेलमा रानीबन स्पोर्ट्स क्लवले राप्ती रिभरलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै राप्ती रिभर युवा क्लब मकवानपुरलाई २ का विरुद्ध ३ गोल प्रहार गर्दै जित हात पारेको रानीवन स्पोट्स क्लवका अध्यक्ष धुव्र रोकायाले बताएका छन् ।

May be an image of 11 people and people standing

पहिलो खेलमै रानीवनका जर्सी नंम्बर ७ का खेलाडी दिपक विकले २ वटा उत्कृष्ट गोल गर्न सफल भएका थिए । पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका दिपक विक ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । म्यान’अफ द म्याच घोषित भएका दिपकलाई पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाबाट पुरस्कार हस्तान्त्रण गराइएको थियो । त्यस्तै खेलमा रानीवनकै १६ नम्बर जर्सिका खेलाडी किरण बोहराले १ गोल गरेका थिए ।

May be an image of ‎standing, grass and ‎text that says '‎MARTYRS MEMORIAL DIVISION LEAGUE 2078 QUALIFIERS گ MAN MATCH 工 EM 2‎'‎‎
                                                   पुरस्कार बितरण गर्दै पूर्व उध्याेग मन्त्री कर्ण बहादुर थापा

रानिवन स्पोर्ट्स क्लवले पहिलो खेलबाट नै उत्कृष्ट खेल प्रस्तुत गरेर जित हाँसिल गरेपछि खेलाडीहरुमा थप उर्जा बढेको टिमका म्यानेजर नरेश रोकायाले बताएका छन् । रानिवन स्पोर्ट क्लव बाजुराबाट पहिलोपटक फुटवल खेल्नका लागि एक महिना अगाडि काठमाण्डौं पुगेको थियो । अर्काे खेल ८ गते हुने भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार