मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा ९ मा नेपाली काँग्रेस टोल कार्य समिती गठन

बुढिगंगा ९ मा नेपाली काँग्रेस टोल कार्य समिती गठन

  • शनिबार, अशोज २, २०७८
बुढिगंगा ९ मा नेपाली काँग्रेस टोल कार्य समिती गठन

बाजुरा — बुढिगंगा नौ जुवापानीका वडाअध्यक्षका प्रत्यासी श्री तेज बहादुर सिंहको अध्यक्षतामा भएको बैठकले बुढिगंगा नगरपालिका वडा न ९ जुवापानी को टोल कार्य समिती गठन गरिएको छ ।

टोल कार्य समितिको सभापतिमा बिरेन्द्र बहादुर सिंह, उपसभापति नरेन्द्र सिंह, सचीब बल बहादुर सिंह, सहसचिव हिक्मत सिंह, कोसाअध्यक्ष सानू देबि सिंह लगायत १६ जना को टोल कार्य समिती गठन गरेको नेपाली काग्रेस जुवापानीले जनाएको छ । कार्यक्रममा पुर्ब बाह्रबिस गाउँबिकास समिती उपाध्यक्ष सुर्य बहादुर सिंह,बर्ख सिंह,जनक सिंह,नर सिंह,लगायत ४० जना को उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रममा आमन्त्रित अथिती नेपाली कांग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि जनक बिक्रम सिंह,नेपाली कांग्रेस बाजुराका आमन्त्रित सदस्य खगेन्द्र बहादुर सिंह,राहत शिक्षक संघ केन्द्रिय सदस्य कणर् बहादुर सिंहको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि आमन्त्रित सदस्य लगायतले कांग्रेस लाई टोल स्थर बाटै जागरुक र मज्बुत बनायौ भने कांग्रेस कुनै पनि तह र तप्कामा कम्जोर नहुने र महाधिवेशन प्रतिनिधी सिंह ले १४ औं महाधिवेशन र ७ औ जिल्ला अधिबेशन सहमति सहकार्य र एकता का साथ सम्पन्न हुने कुरा मा ढुक्क रहन सबै लाई अपिल गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार