शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा एमाले बडिमालिकाको उद्घोष : पार्टी बिभाजनको असर पर्न दिन्नौ

नेकपा एमाले बडिमालिकाको उद्घोष : पार्टी बिभाजनको असर पर्न दिन्नौ

  • बिहिबार, भदौ ३१, २०७८
नेकपा एमाले बडिमालिकाको उद्घोष : पार्टी बिभाजनको असर पर्न दिन्नौ

बाजुरा — नेकपा एमाले बडिमालिका नगरकमिटीको बिस्तारीत बैठक आज सम्पन्न भएको छ । नेकपा र नेकपा एमाले बिभाजन पछिको नेकपा एमाले नगर कमिटिको पहिलो बैठक बसेको हो । नेकपा एमालेको जेठ २ कै नगर कमिटिको भेलाले नेकपा एमाले बडिमालिकाको बिभाजनलाई असर पर्न नदिने घोषण समेत गरेको नेकपा एमाले नगर कमिटि सदस्य धर्मराज पाध्यायले बताएका छन । एक दुई जनाले नेकपा एकिकृत समाजबादीमा जादैमा कुनै असर नपर्ने बैठकको निष्र्कष रहेको सदस्य पाध्यायले बताए ।
नेकपा एमाले नगर कमिटि अध्यक्ष बिरबहादुर रावलको अध्यक्षतामा संचालन भएको नगर कमिटि बैठकमा नगरपालिकाका जनबर्गिय संगठनहरु निर्माण तथा गठन गरी शसक्त रुपमा अगाडी बढ्ने निणर्य गरिएको नगर कमिटि सदस्य धर्म पाध्यायले बताए ।
नेकपा एमाले नगर कमिटि सचिव जंग बिकले संचालन गरेको सो बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख अमर खड्का प्रमुख अतिथि रहेका थिए । नेकपा एमाले प्रचार बिभाग प्रमुख खड्काले अब गाउँ टोल हुदै नगर सम्मका सबै जनबग्रिय संगठनहरुलाइृ पुन ताजकिय बनाएर अगाडी बढ्न अनुरोध गरेका थिए । जिल्लामा नेकपा एमाले बिभाजनको असर नपरेकोले पहिलेकै अबस्थामा अगि बढन नगर कमिटिलाई अनुरोध गरेको अध्यक्ष बिर बहादुर रावलले बताए ।
बिहिबार नेकपा एमाले बाजुराको पार्टी कार्यालयमा बसेको नेकपा एमाले बडिमालिका नगर कमिटिको बैठकमा नगर कमिटिका ६७ जना सदस्यहरुको सहभागिता रहेको सदस्य धर्मराज पाध्यायले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार