शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • पदम खत्री स्मृति प्रतिष्ठानद्धारा भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

पदम खत्री स्मृति प्रतिष्ठानद्धारा भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

  • आइतवार, भदौ २७, २०७८
पदम खत्री स्मृति प्रतिष्ठानद्धारा भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

बाजुरा — त्रिबेणी नगरपालिका ९ पैमामा स्थापना भएको पदम खत्री स्मृति प्रतिष्ठानले खुला भलिबल तथा बडिमालिका सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
असोज ३० गते देखी कार्तिक ३ गतेसम्म संचालन हुने प्रतिष्ठानका अध्यक्ष अम्मरसिंह खत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । ०७७ सालमा स्थापना भएको प्रतिष्ठनाले यो तेस्रो पटक कार्यक्रमको आयोजना गर्न लागिएको खत्रीले जानकारी दिएका छन ।
खुला भलिबल तथा सास्कृतिक कार्यक्रमको आयोजनाले बाजुरा जिल्लाको खेल क्षेत्र तथा सास्कृति क्षेत्रको बिकासका लागि सहयोग पुगोस भन्ने उद्देश्यले कार्याक्रको आयोजना गरिएको आयोजकले बताएको छ ।
बाजुरा जिल्लाकै खेल क्षेत्रको नमूनाको रुमा प्रतियोगिताका रुपमा स्तरउन्नति गर्ने जिल्ला तथा स्थानिय स्तरका उदयमान खेलाडी तथा प्रतिभालाई परिचित गरी स्थापीत गर्ने सहयोग पुग्ने, खेलाडीको ब्यबसायीकरण तर्फ लैजान उचित वाताबरण सिर्जना गर्न सहयोग पुग्ने खेलकुद, खेलाडी, खेलप्रेमी तथा प्रायोजकहरुको सम्बन्ध सुदृढ गर्दै कुलकुद प्रतिको आर्कषण पदउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
खुला भलिबल प्रतियोगितामा प्रथम टिमलाई ७१ हजार १ सय ११ रुपैया, दौस्रोलाई ३५ हजार १ सय ११ रुपैया र सर्बउकृष्ट खेलाडीलाई ५ हजार १ सय ११ रुपैयका राशी तोकीएको छ ।
त्यसै गरी सास्कृतिक कार्यक्रममा राष्टिय स्तरका कलाकारहरु लालबहादुर धामी धोज बहादुर महरा भक्र बम प्रकाश थापा भीम थापा रेखा जोशी लक्ष्मी आचार्य निरुता खत्री झरना बोहोरा संगीता शाह लगाएक अन्यको सहभागित रहने भएको छ ।
स्वग्रिय पदम खत्रीको समझनाका उनका छोराहरुले बुवाका नाममा प्रतिष्ठान स्थापना गरी समाजिक कार्य समेत गर्दै आएका छन् । प्रतिष्ठाले बिभिन्न कार्यक्रमसंगै असाय, अपाङ्ग, टुहुरा वालकालिकाहरुलाई समेत बिभिन्न साहातका कार्यक्रम गर्दै आएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
मार्तडीको महक होटेलमा आयोजनका गरिएको पत्रकार सम्मेलनको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष अमरसिंह खत्रीले गरेका थिए भने प्रमुख अतिथि त्रिबेणी नगरप्रमुख रामसिंह रावल थिए। त्यसै गरी अतिथिमा प्रतिष्ठानका सल्लाकाकार संयोजक कणर् बहादुर थापा रहेको सम्मेलनको संचालन प्रतिष्ठानका सचिव दयाराम थापाले गरेका थिए

चर्चामा

सम्बन्धित समाचार