शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • भालुको आक्रमणबाट घाईते कौशिलाको उपचारको लागि फुलबारी समाज सोसाईटी जुवापनी दिल्लीद्धारा आर्थिक सहयोग

भालुको आक्रमणबाट घाईते कौशिलाको उपचारको लागि फुलबारी समाज सोसाईटी जुवापनी दिल्लीद्धारा आर्थिक सहयोग

  • आइतवार, भदौ २७, २०७८
भालुको आक्रमणबाट घाईते कौशिलाको उपचारको लागि फुलबारी समाज सोसाईटी जुवापनी दिल्लीद्धारा आर्थिक सहयोग

निराजन सिंह / बाजुरा — भालुको आक्रमणबाट घाईते बुढीगंगा नगरपालिका वडा नं ९ जुवापानी निवासी २१ वर्षिय कौशिला नेपालीको उपचारको लागि फुलबारी समाज सोसाईटी जुवापानी दिल्ली हरियाण गुडगावले आर्थिक सहयोग गरेको छ ।
सोसाईटीमा संलग्न सदस्यहरुले उठाएर ५ हजार ५ सय भारु अर्थात ८ हजार ८ सय रुपैया नेपाली सहयोग गरेको सोसाईटीका सदस्य मने नेपालीले जानकारी दिएका छन् ।
सहयोग गर्नेमा दिर्धबहादुर सिंह, दिपक बहादुर सिंह, राजुबहादुर सिंह, दिपेन्द्र बहादुर सिंह, टेकबहादुर सिंह, रोसन बहादुर सिंह, कृत्त बहादुर सिंह रहेका छन् । त्यसैगरी भिमबहादुर सिंह, हस्तबहादुर सिंह, नरबहादुर सिंह र मने नेपाली गरि ५ सयका दरले उठाएर सहयोग गरेका छन् ।
भालुको आक्रमणबाट घाईते भएकी कौशिलाको काठमाण्डौकोमा उपचार भईरहेको र अर्थिक अभाबले उपचारमा समस्या भएको भएको छ ।
नेपालीको उपचारमा ५ लाख बढी लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । समासेवी प्रकाश सिंह र सम्राटसिंह बस्नेतको पहलमा शिक्षण अस्पताल काठमाण्डौमा उपचार भईरहेको छ ।
भदौ १७ गते दिउसो बस्तु भाउ चराउन गएको समयमा भालुको आक्रमणमा परि शक्त गाईते बनाएपछि उपचारको लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो । बयालपाटा अस्पतालमा उपचार सम्भब नभए पछि काठमाडौ रिफर गरिएको थियो ।
कौशिलाका बाबु पिल्ठे नेपालीको केही बर्ष पहिले कामको शिलशिलामा भारतमा मृत्यू भईसकेको छ । घाईते युबती आमाको शाहारामा काठमाण्डौमा उपचारको लागि तड्पीरहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार