बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पहिरन नराम्रो भन्दै युवतीलाई विमानबाट निकालियो

पहिरन नराम्रो भन्दै युवतीलाई विमानबाट निकालियो

  • शुक्रबार, भदौ २५, २०७८
पहिरन नराम्रो भन्दै युवतीलाई विमानबाट निकालियो

न्युयोर्क,(एजेन्सी) — अमेरिकामा पहिरन नराम्रो भन्दै रे लिन होवार्ड नामक एक युवतीलाई अलास्का एयरलायन्सको एउटा उडानबाट जबर्जस्ती निकालिदिएको टिकटक भिडियो भाइरल भएको छ। लुगा लगाएकै मिल्दैन भनेर उनलाई पहिला फ्लाइट एटेन्डेन्टले विमानबाट ओर्लिन अनुरोध गरेकी थिइन्। त्यसपछि उनलाई प्रहरी प्रयोग गरेर विमानबाट निकालिएको हो।

सुरूमा ह्वाइट कट्टु र क्रोप टि– सर्ट लगाएकी होवार्डले सिटमा बसिसकेपछि आफूले सर्ट खोलेर स्पार्टस ब्रा मात्र लगाएको कुरा स्वीकारेकी छन्। उनले फ्लाइट एटेन्डेन्सको अनुरोधअनुसार आफूले पुनः कमिज लगाएको तर फेरि एयरलाइन्सका कर्मचारीहरूले पेट देखाएको भन्दै लुगाकै विषयलाई लिएर अनावश्यक किचकिच गरेको बताएकी छन्।

भिडियोमा एकजना अधिकारीले कुनै अपराध कार्यका लागि नभई पोशाक नियमको कारणले उनलाई विमानबाट निकालिएको बताएका छन्।संगीतकार होवार्डको यो भिडियो १३ लाखभन्दा बढीपटक हेरिईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार