• होमपेज
  • बाजुरा बिशेष
  • कम्प्यूटर अप्रेटर रावल बर्ष उकृष्ट कर्मचारीमा चयन

कम्प्यूटर अप्रेटर रावल बर्ष उकृष्ट कर्मचारीमा चयन

  • बुधबार, भदौ २३, २०७८
कम्प्यूटर अप्रेटर रावल बर्ष उकृष्ट कर्मचारीमा चयन

बाजुरा — जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत नैन रावल आर्थिक बर्ष २०७७/०७८ बर्ष उत्कृष्ट कर्मचारी चयन भएका छन् ।
कार्यालयको सेवा ब्यबस्थापनलाई प्रभाबकारी तुल्याउन राष्ट्र सेवक कर्मचारीहरुलाई कार्य सम्पादन प्रति प्रोत्साहन गर्ने उद्देश्यले गरिएको बार्षिक मुल्याङ्कनको शिलशिलामा रावल बर्ष उत्कृष्ट कर्मचारीको रुपमा चयन भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।
२०७२ सालबाट जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर अप्रेटरको पदमा कार्यरत रावलले कार्यालयको दैनीक कार्यसम्पादन, सेवा ग्राहीको पृष्ठ पोषण लगाएत कार्यमा राम्रो भूमीका निर्बाह गरेकाेले सहकर्मीहरुको सिफारिसको आधारमा बर्ष उत्कृष्ट कर्मचारी चयन गरिएको अधिकारीले बताएका छन् ।
जिल्लामा काम गर्ने उत्कृष्ठ काम गर्ने कर्मचारीहरुलाई जिल्ला प्रशासन कार्यालय बाट सिफारीस गरि पठाउने गरिन्छ । सोही सिफारिसका आधारमा कर्मचारीलाई उत्कृष्ठ तथा सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार