बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

बुढिनन्दा नगरपालिकामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

  • बुधबार, भदौ २३, २०७८
बुढिनन्दा नगरपालिकामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

बाजुरा — बुढिनन्दा नगरपालिकामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा साेहि नगरपालीका वडा‍.न -७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ।

उनले २५ वर्षीया महिलामाथि उनी एक्लै भएका बेला ढोका फोडी घरभित्र पसेर आइतबार जबरजस्ती करणी गरेको बताइएको छ। अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले जेठारालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार