• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजको राजीनामा दिने तयारी

सुदूरपश्चिमका अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजको राजीनामा दिने तयारी

  • मङ्लबार, भदौ २२, २०७८
सुदूरपश्चिमका अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजको राजीनामा दिने तयारी

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिने तयारी गरेका हुन्।

‘नेकपा एकीकृत समाजवादीमा जाने हाम्रो कुनै तयारी छैन,’ राज्यमन्त्री गहतराजले दिनेशखबरलाई भनिन्, ‘राजीनामा दिने विषयमा छलफल भइरहेको छ।’ यता मन्त्री शाहको सचिवालयले पनि राजीनामा दिनेबारे छलफल भइरहेको जनाएको छ। ‘एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने कुनै सम्भावना नै छैन,’ शाहका स्वकिय सचिव जंगबहादुर विकले भने, ‘ढिलो चाँडो हुने भनेको राजीनामा नै हो।’

विगतमा शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए। तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन्।

सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ। एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। त्यसैले अब सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादीको सयुक्त सरकार हुने देखिएको छ।

चर्चामा

सम्बन्धित समाचार