शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • सूर्यमुखी किन सूर्यको दिशातिर फर्किन्छ ? यस्तो छ वैज्ञानिक कारण

सूर्यमुखी किन सूर्यको दिशातिर फर्किन्छ ? यस्तो छ वैज्ञानिक कारण

  • मङ्लबार, भदौ २२, २०७८
सूर्यमुखी किन सूर्यको दिशातिर फर्किन्छ ? यस्तो छ वैज्ञानिक कारण

पृथ्वीमा कतिपय वनस्पतीहरु यस्ता हुन्छन् जसले बाह्य वातावरणसँग देखिने गरी प्रतिक्रिया जनाउँदछन् । सूर्यमुखी यस्तै खालको एउटा वनस्पती हो, जसको फूल सूर्यतिर फर्किन्छ ।

सूर्यमुखी गर्मी महिनामा फूल्दछ, जहाँ ६ घण्टाभन्दा बढी समयसम्म घाम लाग्दछ । जतिधेरै तापक्रम भयो सूर्यमुखीको फूल उति नै छिटो विकसित हुन्छ ।

जब बिहान पूर्वबाट सूर्य उदाउँछ तब सूर्यमुखी फूलको मुख पूर्वतर्फ फर्किएको हुन्छ । विस्तारै सूर्य पूर्वबाट पश्चिमतर्फ जाँदैगर्दा सूर्यमुखी फूल पनि त्यसैगरी आफूलाई सूर्य भएकै दिशातिर फर्काउँदै जान्छ र बेलुकी यो फूल पूर्ण रुपमा पश्चिम दिशातिर फर्किएको हुन्छ । तर रातको समयमा भने यसले आफ्नो दिशा बदलेर पुनः पूर्वतिर फर्किन्छ र अर्को दिन सूर्य उदाउने प्रतीक्षा गरिरहेको हुन्छ । सूर्यमूखीको नयाँ फूल पूरानो फूलको तुलनामा सूर्यको दिशामा धेरै मुखरित भएको हुन्छ । पूर्णरुपमा फक्रिसकेको फूल भने यस्तो प्रतिक्रिया देखाउन असमर्थ हुन्छ र सधै प्रायः पूर्वतिर नै फर्किएको हुन्छ ।

आखिर यस्तो किन हुन्छ ? सूर्यमुखी फूल सूर्यतिर फर्किनुको कारण के हो ? वैज्ञानिकहरुले सूर्यमुखी फूलको यस्तो प्रवृत्तिलाई हेलियोट्रपिजम नामाकरण गरेका छन् । यही प्रक्रियाका कारण सूर्यमुखीले सूर्यको दिशातिर आफ्नो मुख फर्काउँदछ ।

सन् २०१६ मा भएको एक अनुसन्धानबाट के पत्ता लाग्यो भने जुन प्रकारले मानिसको शरीरभित्र एक जैविक घडी हुन्छ, सूर्यमुखी फूलमा पनि त्यस्तै व्यवस्था हुन्छ । त्यहीँ नै हेलियोट्रपिज्म हो । त्यसलाई सूर्यमुखीको जैविक घडी पनि भनिन्छ । यसले सूर्यको किरणलाई पत्ता लगाउँदै फूललाई उसैतर्फ मोड्नका लागि प्रेरित गर्दछ ।

वैज्ञानिकहरुका अनुसार दिनको भिन्न-भिन्न समयमा सूर्यमुखीको काण्डको लम्बाई फरक फरक ढंगले वृद्धि हुने भएको हुनाले पनि फूल सूर्य जता गयो उतै फर्किने गरेको हुन्छ । यस्तो वृद्धिमा अक्जिन नामक हर्मोनले काम गरेको हुन्छ । सूर्यमुखीको कलिलो फूल सूर्यतिर फर्किनुको जैविक कारणमा प्रकाश संश्लेषणका साथै परागशेचनलाई तीव्रता दिनु पनि रहेको वैज्ञानिकहरुको ठहर छ ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार