• होमपेज
  • समाचार
  • कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

  • सोमवार, भदौ २१, २०७८
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

धनगढी — कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित सनवोरा नदीमा डुबेर आइतबार अन्दाजी १२ वर्षीय बालकको मृत्यु भएको हो।

कैलालीको चुरे गाउँपालिका–३ का १२ वर्षीय बालक दिलीप सुनारको कञ्चनपुर मामाघर गएका बेला डिलबाट चिप्लिएर नदीमा खसेका थिए।

उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

चर्चामा

सम्बन्धित समाचार