• होमपेज
  • समाचार
  • स्याङ्जामा जुवाखालबाट ५ जना पक्राउ

स्याङ्जामा जुवाखालबाट ५ जना पक्राउ

  • आइतवार, भदौ २०, २०७८
स्याङ्जामा जुवाखालबाट ५ जना पक्राउ

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित नाग डाँडाबाट प्रहरीले तास खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । स्थानीय शंकर बस्नेतको घरमा तास खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जुवा खालबाट प्रहरीले ६ हजार नगद बरामद गरेको छ । आरोपीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार