• होमपेज
  • राजनीति
  • नेकपा (एकीकृत समाजवादी)ले तोक्यो ६ वटा प्रदेशमा इन्चार्ज

नेकपा (एकीकृत समाजवादी)ले तोक्यो ६ वटा प्रदेशमा इन्चार्ज

  • आइतवार, भदौ २०, २०७८
नेकपा (एकीकृत समाजवादी)ले तोक्यो ६ वटा प्रदेशमा इन्चार्ज

काठमाडौं — माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । एकीकृत समाजवादीले प्रदेश एकमा घनेन्द्र बस्नेत, प्रदेश दुईमा धर्मनाथ साह, बागमतीमा केदार न्यौपानेलाई जिम्मेबारी दिएको छ ।

त्यस्तै गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन । सुदूरपश्चिम प्रदेशमा गरिमा शाहको नाम प्रस्ताव गरिए पनि अन्तिम टुँगो लाग्न बाँकी रहेको बताएईको छ । त्यस्तै, उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विजय गुरुङले पाएका छन ।

एकीकृत समाजवादीले विभागीय जिम्मेवारी समेत बाँडफाँड गरेको छ । एकीकृत समाजवादीले मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई चयन गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार