शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • नेपाल रेडक्रस सोसाईटीको ५९ औं स्थापना दिवस मनाईयो

नेपाल रेडक्रस सोसाईटीको ५९ औं स्थापना दिवस मनाईयो

  • शनिबार, भदौ १९, २०७८
नेपाल रेडक्रस सोसाईटीको ५९ औं स्थापना दिवस मनाईयो

बाजुरा —  नेपाल रेडक्रस सोसाईटीे बाजुराले ५९ औं स्थापना दिवस मनाएको छ ।
मानवीय सेवाको लागि तह र तप्काबाट जुढिरहेको नेपाल रेडक्रस सोसाईटीले भदौ १९ शनिबारमा स्थापना दिवस मनाएको हो । विपदमा परेकाको उद्धार ,र विभिन्न समस्यामा परेकाहरुको सेवा र सद्भावमा हातेमालो जोडीरहेकोे रेडक्रसको शनिबार मार्तडीमा एक औपचारिक कार्यक्रमका साथै दिवस मनाइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका सभापति राम बहादुर शाहीले बताएका छन ।
उनका अनुसार रेडक्रसले विपदमा परेका व्यक्तिहरुको उद्धार र उनीहरुको लागि राहत सामग्री वितरणका साथै केहि आर्थिक पनि सहयोग समेत दिने गरेकोले स्थापना दिवस बनाएको सभापति शाहीले बताए ।
जाँ हेनरी ड्युनाले बाढी पहिरो, भुकम्प र अन्य समस्यामा परेकालाई उद्धार गरि केहि सर सामाग्री वितरण गर्ने संस्थाको रुपमा चिनिने गरेकाले नेपाल े रेडक्रस सोसाईटीले स्थापना दिवस गरेको र कोरोना महामारीका कारण सिमित व्यक्तिहरुको सहभागितामा दिवस मनाएको नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले जनाएको छ ।

रेडक्रस जिल्ला शाखा बाजुराका सभापति रामबहादुर शाहीको अध्यक्षतामा संचालन भएको स्थापना दिवसमा कोरना महामारीमा बडीमालिका नगरपालिकामा र त्रिवेणी नगरपालिकामा सरसफाईका कार्यक्रम र अन्य क्रियाकलापका विषयमा जानकारी गराइएको थियो ।
नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको स्थापना दिवस कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल प्रमुख अतिथी ,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी विशिष्ट अतिथी सुरक्षाकर्मी र पत्रकार लगायत सहभागी थिए ।

रेडक्रस बाजुरा शाखाका सदस्य धर्मबहादुर बोहराले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शाखाकी सदस्य देवु न्यौपानेले गरेकी थिएन् । दिवस बडीमालिकाको सभाहलमा भएको हो ।
स्थापना दिवसमा बोल्ने वक्ताहरुले रेडक्रस एक निःस्वार्थ भाव बोकेको संस्था भएकाले यसको गरिमा बचाइ राख्न र संस्थाले विपद र जोखिमलाई मध्यनजर गर्नुपर्ने बताएका छन । विपदमा परेकाहरुको उद्धार देखि मानवीय सेवामा सरकारको सहयात्रीका रुपमा रहेको संस्थाका पदाधिकारीले कुनै पनि स्वार्थ भाव नराख्न वक्ताहरुले सुझाव दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार