बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा क्याम्पसमा स्वास्थ्य सुरक्षा अपनाएर भौतिक उपस्थितिमै पढाई संचालन गर्ने

बाजुरा क्याम्पसमा स्वास्थ्य सुरक्षा अपनाएर भौतिक उपस्थितिमै पढाई संचालन गर्ने

  • शुक्रबार, भदौ १८, २०७८
बाजुरा क्याम्पसमा स्वास्थ्य सुरक्षा अपनाएर भौतिक उपस्थितिमै पढाई संचालन गर्ने

 बाजुरा —बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाजुरा क्याम्पसले स्वास्थ्य सुरक्षा निकायका माफदण्डहरु अपनाएर भौतिक उपस्थितिमै बिद्यालयमा पठनपाठन सुरुगर्ने निणर्य गरेको छ ।
शुक्रबार बाजुरा क्याम्पसले बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट टाढा रहन स्वास्थ्य माफदण्डहरु अपनाएर कक्षा संचालन गर्ने भएको छ । बिद्यालय संचालन गर्ने निणर्य गर्दै बाजुरा क्याम्पसले सुक्रबार एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थित गराई पठनपाठन संचालन गर्ने भएको हो ।

यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै आएका थिए । पछिल्लो केही महिना यता कोभिड-१९ को संक्रमण कम हुँदै गएपछि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षाहरु नियमित रुपमा स‌चालन गर्ने निणर्य गरेको बाजुरा क्याम्पसका प्रमुख सुरेश प्रसाद पंडितले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार