• होमपेज
  • बाजुरा बिशेष
  • कोभिड १९ को तेस्रो भेरियन्ट पुर्ब तयारी गोष्ठी सम्पन्न

कोभिड १९ को तेस्रो भेरियन्ट पुर्ब तयारी गोष्ठी सम्पन्न

  • बिहिबार, भदौ १७, २०७८
कोभिड १९ को तेस्रो भेरियन्ट पुर्ब तयारी गोष्ठी सम्पन्न

बाजुरा — कोभिड १९ को तेस्रो भेरियन्टको पुर्ब तयारी सम्बन्धी एक दिने जिल्ला स्तरिय गोष्ठी सम्पन्न भएको छ । नेपाल पनि कोभिड १९ को तेस्रो भेरियन्ट आउन सुरु भए संगै जिल्लामा त्यसको प्रतिकार्यका लागि के गर्न सकिन्छ भन्ने बिषयमा गोष्ठीको आयोजना गरिएको हो ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा साहस नेपालको समाबेशी तथा गुण स्तरीय शिक्षा परियोजनाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
डिसिसिएमसी बाजुराका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमा स्वास्थ्य कार्यालय बाजुरा साहस नेपाल र गैर सरकारी संस्था महासंघले हाल सम्म कोभिड १९ रोकथाम तथा नियन्त्रणमा गरेको प्रयास र अब गर्ने कार्यहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी महेश चन्दले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराको तर्फबाट महेश चन्द गैससको तर्फबाट अग्नीराज शाही र साहस नेपालको तर्फबाट राम बहादुर खत्रीले हाल सम्म गरेका गतिबिधी र आगमी कोभिड १९ को तेस्रो भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि गर्ने कार्यहरुका बिषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधी पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार