• होमपेज
  • समाचार
  • गोरु काट्दाकाट्दै ५ जना पक्राउ, ५ सय किलो मासु बरामद

गोरु काट्दाकाट्दै ५ जना पक्राउ, ५ सय किलो मासु बरामद

  • बिहिबार, भदौ १७, २०७८
गोरु काट्दाकाट्दै ५ जना पक्राउ, ५ सय किलो मासु बरामद

काठमाडौं — काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शंखरापुर–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबासहित पाँच जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बिहिबार बिहान सो ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो। महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले करिब ५ सय किलो गोरुको मासु बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार