• होमपेज
  • राजनीति
  • नेपाली कांग्रेस बाजुराका वडा कमिटिकाे अधिबेशन ताेकिएकाे समयमा नहुने पक्का

नेपाली कांग्रेस बाजुराका वडा कमिटिकाे अधिबेशन ताेकिएकाे समयमा नहुने पक्का

  • बिहिबार, भदौ १७, २०७८
नेपाली कांग्रेस बाजुराका वडा कमिटिकाे अधिबेशन ताेकिएकाे समयमा नहुने पक्का

बाजुरा — नेपाली कांग्रेस बाजुराका वडा कमिटिकाे अधिबशन अन्याैलमा परेकाे छ ।  नेपाली काग्रेस बाजुराको क्रियाशिल सदस्यहरुको सदस्यता सार्बजिनिक नहुदा अबिबेशन अनिश्चित जस्तै बनेको हो । भदौ १८ गते देखी २२ गते सम्म वडा अधिबेशनहरु सम्पन्न गर्ने केन्द्रीय कमिटिको सर्कुलर भएको भए पनि बाजुरामा भने अधिबेशन नहुने देखीएको नेपाली काँग्रेस बाजुराका सचिव दिपक बिक्रम शाहले बताएका छन । तोकिएको अवधिमा क्रियाशिल सदस्यताका बिषयमा बाजुराबाट पठाएको नामावलीमा एक हजार ५ सय भन्दा बढिको नाम हटाएको र उनिहरुको नाम समेटेर नआउन्जेल अधिबेशन गर्न समस्या भएको सचिव शाहले बताए । हामिले पठाएको नामावलीमा फरक पारेर सदस्यता हटाएको हुदा उहाहरुलाई बाहिर राखेर अधिबेशन गर्न नसकिने सचिव शाहले बताए ।
सुदुर पश्चिमका कैलाली बाजुरा र डडेलधुरामा यो समस्या आएको नेपाली काग्रेस बाजुराका सभापती कबिराज पण्डितले बताएका छन । सदस्यता नटुङिएको र केन्द्रीय निर्बाचन अधिकृत बाजुरा नपुगेकै कारण अधिबेशन तोकिएको समयमा नहुने देखीएको सभापति पण्डितले बताए महाविधेशन तयारीमा जुटेको नेपाली कांग्रेसले भदौ १८ गते देखी २२ गते सम्म वडा तहको अधिबेशन गर्नुपर्ने समयाअवधी रहेको छ । क्रियाशील सदस्यताको विवरण नआउनले फेरी तोकिएको समय फेरबदल हुने निशिच्त भएको सभापति पण्डितले बताएका छन ।
बाजुराबाट पठाएका कृयाशिल सदस्यहरु मध्य १ हजार ५ सय कमको लिस्ट आएकोले अधिबेशन गर्न ढिलाइ ढिलाई हुने नेपाली काग्रेस बाजुराका नेताहरुले बताएका छन । फेरी १ हजार ५ सय थप्न केन्द्रमा पठाएकोले एक दुई दिनमा सार्बजिनक गरि २२ गते सम्म निर्बाचन गर्न सकिने पनि हुन्छ सचिव शाहले भने ।
प्रेश युनियन बाजुराका अध्यक्ष तथा निर्बाचन प्रचार प्रशार समितिका उप संयोजक समेत रहेका प्रेम रौलेले पनि लेवी नतिरेका कारण कृयाशिल सदस्यहरुको नामावली प्रकाशन हुन ढिलाई भएको बडिमालिका खवरसंग बताएका छन ।

निर्वाचन कार्यतालिकाअनुसार भदौ २७ गते पालिकास्तरीय अधिवेशनको कार्यक्रम छ । बाँकी २१ जिल्लाका वडामा त्यसअघिसम्म वडा अधिवेशन सक्ने गरी तयारी भइरहेको समितिले जनाएको छ । प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन सकी आगामी मङ्सिर दोस्रो साता १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

चर्चामा

सम्बन्धित समाचार