• होमपेज
  • समाचार
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • बुधबार, भदौ १६, २०७८
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने ऊर्जामन्त्री पम्फा भुसालले रातोपाटीलाई जानकारी दिए । स्रोतका अनुसार आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार