• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराको सदस्यता सार्बजनिक नहुनु लेवीकाे कारण कि बिबाद ?

नेपाली काँग्रेस बाजुराको सदस्यता सार्बजनिक नहुनु लेवीकाे कारण कि बिबाद ?

  • बुधबार, भदौ १६, २०७८
नेपाली काँग्रेस बाजुराको सदस्यता सार्बजनिक नहुनु लेवीकाे कारण कि बिबाद ?

बाजुरा — नेपाली कांग्रेसलेको महाधिबेशन नजिक पुग्दा समेत नेपाली काग्रेस बाजुराको क्रियाशील सदस्यता विवरण भने सार्बजनिक भएको छैन । तोकिएको अवधिमा कृयाशिल सदस्यता सार्बजजिनक नहुदा काग्रेस भित्रै संका गर्न थालेका छन । महाविधेशन तयारीमा जुटेको नेपाली कांग्रेसले भदौ १८ गते देखी २२ गते सम्म वडा तहको अधिबेशन गर्नुपर्ने समयाअबधी रहेको छ । क्रियाशील सदस्यताको विवरण नआउनले फेरी तोकिएको समय फेरबदल हुने होकी भन्ने कतिपय कार्यक्रताहरुले संकाको रुपमा हेरेका छौँ नेपाली काग्रेसका एक कार्यक्रताले भने ।
यता नेपाली काग्रेस बाजुराका सचिव दिपक बिक्रम शाहले भने बाजुराको कृयाशिल सदस्यता सबै इमेलमा आईसकेको बताए । उनले दिएको जानकारी अनुसार बाजुराबाट पठाएका कृयाशिल सदस्यहरु मध्य १ हजार ५ सय कमको लिस्ट आएकोले ढिलाई भएको बताएका छन । फेरी १ हजार ५ सय थप्न केन्द्रमा पठाएकोले एक दुई दिनमा सार्बजिनक हुन्छ सचिव शाहले भने ।
नेपाली काग्रेसका एक नेताका अनुसार बाजुराका कृयाशिल सदस्यहरुले सदस्यता शुल्क (लेवी) नतिरेका कारण सदस्यता सार्बजनिक नभएको बताएका छन । प्रेश युनियन बाजुराका अध्यक्ष तथा निर्बाचन प्रचार प्रशार समितिका उप संयोजक समेत रहेका प्रेम रौलेले पनि लेवी नतिरेका कारण कृयाशिल सदस्यहरुको नामावली प्रकाशन हुन ढिलाई भएको बडिमालिका खवरसंग बताएका छन ।
कतिपय कार्यकर्ताका अनुसार सदस्यतामा भएका बिबादले गर्दा नामावली नआएको बताए पनि खासमा लेवी नतिरेको समस्या रहेको रौलेले बताए । यस बिषयमा थप जानकारी लिन नेपाली काँग्रेसका सभापती कबिराज पण्डितलाई सम्र्पक गर्दा पण्डितले फोन उठाएनन । नेताहरूका अनुसार आफू अनुकूल वातावरण बनाउन एउटा गुटले अर्काे गुटका व्यक्तिलाई निष्कासन गर्ने, सदस्यता नदिने प्रवृत्ति देखिन थालेको छ । आफू बलियो बन्नलाई पुरानालाई सकेसम्म पाखा लगाउने र आफू अनुकूलकालाई सदस्यता दिने प्रवृत्ति पछिल्लो समय पार्टीकै समस्याको रुपमा देखिएको छ । विवादका बाबजूद नेपाली कांग्रेसले यसपटकदेखि क्रियाशील सदस्यको डिजिटल ‘इन्ट्री’ को कामकाे थालिनी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार