बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रदेश ६
  • जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ११ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ११ जना घाइते

  • आइतवार, भदौ १३, २०७८
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ११ जना घाइते

कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका २ अन्तर्गत कर्णाली करिडोरको आम्तडामा वोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । शान्नीत्रिवेणी गाउँपालिकाबाट जिते बजारका लागि छुटेको मानसरोवर रारा कर्णाली यातायातको क १ ज २३ नम्बरको वोलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी शान्नीत्रिवेणी गाउँपालिका वडा नं १ का चालक विक्रम गिरीको घटना स्थलमै मृत्यु भएको उहाँका आफन्त खेमराज गिरीले जानकारी दिनु भएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा सान्नीत्रिवेणी गाउँपालिका वडा नं ६ का वर्ष ३३ का तिल सज्याल, वर्ष ५२ का रत्न सज्याल, वर्ष ४३ का देवप्रसाद सज्याल, वर्ष ७० का सुन्दर सज्याल, रहेका छन् ।
यस्तै रास्कोट नगरपालिका वडा नं ९ का वर्ष २१ का जंग्गे तिरुवा, वर्ष १८ की लक्ष्मी बराल, वर्ष ३४ का नरपती तिरुवा, वर्ष २४ का टेक लुवार, वर्ष ३६ का प्रेम बराल रहेका छन् । यी सबै रास्कोट नगरपालिका वडा नं ९ कै रहेका छन् । यस्तै रास्कोट ७ का वर्ष ३७ का कमराज शाही पनि घाइते भएका छन् । यस्तै पचालझरना गाउँपालिका वडा नं ९ की वर्ष १९ कि अनिता शाही घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले आफूहरू दुर्घटना स्थलमा जादै गरेकाले घाइतेको अवस्था कस्तो छ भन्ने कुरा पछि मात्र जानकारी हुने बत्ताउनुभयो । बत्ताउनुभयो ।प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले घाइतेको अवस्था गम्भीर भएको आफूलाई जानकारी आएकाले उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको बत्ताउनुभयो । उहाँले सबै कुरा जिल्लाबाट खटिएको प्रहरी टोली त्यहाँ पुगेपछि मात्र जानकारी हुने भएकाले बाँकी केही भन्न नसकिने बत्ताउनुभयो । पानी परिरहेको र कर्णाली करिडोर ठाउँ ठाउँमा अवरोध समेत भएकाले घटनास्थल जाने प्रहरीको टोली सदरमुकामबाट पैदल गइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार