• होमपेज
  • समाचार
  • दाङमा धारिलो हतियार प्रहार गरी श्रीमानको ह’त्या

दाङमा धारिलो हतियार प्रहार गरी श्रीमानको ह’त्या

  • आइतवार, भदौ १३, २०७८
दाङमा धारिलो हतियार प्रहार गरी श्रीमानको ह’त्या

दाङको तुलसीपुरमा एक महिलाले धारिलो हतियार प्रयोग गरी श्रीमानको ह’त्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी आज बिहान हत्या गरेकी हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार गए राति २ बजेतिर उक्त घटना भएको हो । धारिलो हतियार तथा दाउरा प्रयोग गरी हत्या गर्ने देवीकुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेको उनले बयान दिएकी छिन् । घरायसी विवादका कारण घटना भएको भनिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार